बलिउडका ग्रिक गडका नाममा परिचित सुपरस्टार ऋतिक रोशन आफ्नो सफलताको शिखरमा छन् । गत वर्ष आएको वार फिल्मले उनलाई सुपरहिरोवाला फिल्ममा मात्रै होइन, अन्य फिल्ममा पनि उत्तिकै कुशल छन् भन्ने पुष्टि गराइदिएको छ । उनी कुनै पनि नयाँ काम गर्नका लागि हिच्किचाउँदैनन् ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
अब ऋतिक रोशनले एक नयाँ काममा हात हालेका छन् । छिट्टै उनी मेगा ओटीटीमा डेब्यू गर्दैछन् । हलिउडको टिभी सिरिज द नाइट म्यानेजरको हिन्दी एडप्टेशनमा देखिने भएका छन् । एक समाचार पोर्टलका अनुसार ऋतिक रोशनले यो विशेष प्रोजेक्टका लागि स्वीकार गरिसकेका छन् । २०२१ मार्चदेखि उनले यसमा काम शुरु गर्नेछन् । यस प्रोजेक्टबाट उनले रकम पनि धेरै लिने भएको बताइएको छ । यस सिरिजका लागि ऋतिकले पूरै एक अर्ब २० करोड रुपैयाँ माग गरेका छन् । औपचारिक घोषणा नगरिए पनि सिरिज निर्माण पक्षबाट एक अर्ब बढी रकम माग गरिएको बताइएको छ ।



JUNGLE






from the
city



नाइट म्यानेजर एक निकै सफल र लोकप्रिय ब्रिटिश सिरिज हो । भारतीय सेनाका पूर्व सैनिकको भूमिकामा ऋतिक रोशन देखिने भएका छन् । जसलाई एक होटलको म्यानेजर बनाइएको हुन्छ । सिरिजमा ऋतिक एक सरकारी एजेन्टका रुपमा काम गर्नेछन् । उनलाई एक ठूलो गोप्य मिशनको जिम्मेवारी दिइएको हुन्छ । जसबाट कुनै ठूलो प्रोजेक्ट सार्वजनिक गर्ने हुन्छन् । काम गर्ने पक्का भए पनि उनको डेब्यू मिति भने घोषणा गरिएको छैन ।