धनुषा प्रहरीले जनकपुरमा बिहानैदेखि सड़कमा हिँड्नेहरुलाई मास्क ख़ोई भन्दै पक्राउ गरिरहेको छ ।
जनकपुरमा विहान ७ बजेदेखि १० बजेसम्म एक हजारभन्दा बढ़ी व्यक्तिलाई पक्राउ गरेर कारवाही गरिएको हो। जनकपुरको जिरोमाइलमा मात्र एक सयभन्दा बढ़ी व्यक्तिलाई कारवाही स्वरूप २ घण्टा नियत्रणमा राखेर समझाई-बुझाई छोडेको छ ।
मास्क नलगाउने व्यक्तिहरुलाई दुइ घण्टासम्म जीरोमाइलमा रहेको पार्कमा थुनेर राखिएको थियो । कोरोनाका कारण पछिलो समय प्रदेश नं २ का वीरगन्ज र राजविराजमा निषेधाज्ञा जारी गरिएको छ ।
संक्रमण फैलिन नदिनका लागि मास्क प्रयोग अनिवार्य गर्न तथा गराउन यतिबेला प्रहरी सक्रिय भएर कारवाही अगाडि बढाएको हो ।
जनकपुरमा सोमबार विहान मास्क नलगाउने एक हजारभन्दा बढ़ी व्यक्ति पक्राउ
- सिम्रिक खबर
- • ६ महिना अगाडि