जबर्जस्ती करणी गरेको अभियुक्तलाई जिल्ला अदालतले जन्मकैदको फैसला

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 52
  •  
  •  
  •  
  •  
    52
    Shares

पूर्ण अपाङ्ग महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला कारागारको थुनामा रहेका एक अभियुक्तलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश वासुदेव पौडेलको बुधबारको इजलासले भीमाद नगरपालिका–९ का शङ्कर परियारलाई जन्मकैदको फैसला सुनाएको हो ।
साथै पीडितलाई क्षतिपूर्तिबापत ५० हजार रुपैयाँ पीडकबाट दिलाउने फैसला भएको अदालतका निमित्त श्रेस्तेदार जीवन पौडेलले जानकारी दिए । जबर्जस्ती करणी गरेको अभियोगमा विसं २०७६ मङ्सिर २ गते परियारविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।
यसैगरी न्यायाधीश पौडेलको इजलासले जबर्जस्ती करणी मुद्दामा थुनामा रहेका घिरिङ गाउँपालिका–५ का प्रेमबहादुर रानालाई कसुर ठहर गरी सजाय निर्धारणको लागि पेश गर्न आदेश दिएको छ ।
सजाय निर्धारणको लागि यही साउन २९ गते पेशी तोकिएको अदालतले जनाएको छ । घिरिङ –५ स्थित एक महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा राना पक्राउ परेका थिए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु