जर्जियाले तेस्रो पटक निर्वाचन परिणाम प्रमाणित ग-यो, तिनै पटक बाइडेन विजयी

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

जर्जिया राज्यले तेस्रो पटक निर्वाचन परिणामलाई प्रमाणित गरेको छ । तिनै पटकको मतपरिणाम प्रमाणित गर्दा डेमोक्रेट उम्मेदवार जो बाइडेन विजयी भएका छन् । जर्जिया राज्यका सचिव ब्राड राफेन्सपेरगेरले सोमबार तेस्रो पटक निर्वाचन परिणाम प्रमाणित गरिएको जानकारी दिदै निर्वाचन परिणाममा कुनै परिवर्तन नभएको बताएका छन् । राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाधली भएको आरोप लगाइरहेका बेला जर्जियाले तेस्रो पटक ब्यालेट मतको पुनगणना गरेर परिणाम प्रमाणित गरेको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यस अघि जर्जियामा राष्ट्रपति ट्रम्पले रिपब्लिकन गभर्नरमाथि निर्वाचनको परिणाम उल्टाउन दबाब दिएका थिए । ट्रम्पले जर्जियाका गभर्नर ब्रायन केम्पलाई राज्यको विधान सभाको विशेष अधिवेशन बोलाएर नतिजा उल्टाउन आग्रह गरेका थिए । ट्रम्पले अहिलेपनि निर्वाचनमा हार स्वीकार गरेका छैनन् भने लगातार निर्वाचनमा धाधली भएको बताउदै आएका छन् । उनले कैयौं राज्यमा दायर गरेको मुद्धा खारेज हुदा पनि निर्वाचनको परिणाम स्वीकार गर्न मानिरहेका छैनन् । १६ इलेक्ट्रोल मत रहेको जर्जियामा डेमोक्रेट पार्टीले सन १९९२ पछि पहिलो पटक जित हासिल गरेको हो । वाशिंटन पोष्टका अनुसार ट्रम्पले जर्जियाका गभर्नरलाई ब्यालेट मतको अडिट गर्न र हस्ताक्षर पुनस् प्रमाणित गर्न आग्रह गरेका थिए । तर गभर्नर केम्पले ट्रम्पको सो अनुरोधलाई आफलाई त्यसो गर्ने अधिकार नभएको भन्दै अस्विकार गरेका थिए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु