कावासोती । कोभिड– १९ को माहामारीबीच नवलपरासी पूर्व (नवलपुरमा) ११८ वटा नयाँ साना उद्योग थपिएका छन् । कोभिड –१९ का कारण भएको बन्दाबन्दी र निषेधाज्ञाकै बीचमा पनि नयाँ उद्योग थपिएका हुन् । चैतदेखि साउनसम्मको पाँच महिनाको अवधिमा जिल्लामा ११८ वटा साना उद्योग थप भएको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी पूर्वका प्रमुख बिक्रम सुवेदीले जानकारी दिए ।बन्दाबन्दीसमयको बैशाख र जेठ महिनामा भने कुनै पनि उद्योग दर्ता भएनन् । कार्यालय प्रमुख सुवेदीलेका अनुसार बन्दाबन्दी सुरु भएको पहिलो महिना चैतमा १८ वटा , असारमा ३६ र साउनमा ६४ वटा साना उद्योग दर्ता भएका छन् । यस अवधिमा दर्ता भएका धेरै जसो उद्योग कृषि तथा पशुपालनसंग सम्बन्धित छन् । बन्दाबन्दीकै पाँच महिनाको अवधिमा वाणिज्यतर्फ भने १ ३३ वटा व्यवसाय थप भएका छन् । बैशाख र जेठ महिनामा शुन्य छ भने , चैत र असार महिनामा १८/१८ वटा र साउन महिनामा ३६ वटा व्यवसाय थप भएको छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
गत आर्थिक वर्षमा भने, जिल्लामा पाँच सय ४६ साना उद्योग थपिएका थिए । जिल्लामा गत आर्थिक वर्षमा मात्रै यो संख्यामा साना उद्योग थपिएका हुन् । घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी पूर्वको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७६/०७७को १२ महिनामा पाँच सय ४६ वटा साना उद्योग थपिए । गत वर्ष सबैभन्दा धेरै भदौ महिनामा मात्रै ९० वटा घरेलु उद्योग थपिएका छन् । जिल्लामा थपिएका उद्योग मध्य धेरै जसो कृषि तथा पशुपालन संग सम्बन्धित छन् । त्यसपछि पर्यटन संग सम्बन्धित साना उद्योग दर्ता भएका छन् । वाणिज्य तर्फ भने यो अवधिमा चार सय ९९ वटा व्यवसाय थप भएका छन् । थपिएका उद्योगहरुमा सात सय ४६ उधमी सहित कुल दुई हजार ६३८ जनाकालागि रोजगारी सिर्जना भएको कार्यालय प्रमुखले सुवेदीले बताए ।



JUNGLE






from the
city



कृषि र पशुपालनमा बढ्दो आकर्षण – बन्दाबन्दीका बेला समेत जिल्लामा नयाँ उद्योगहरु थप हुनुले मानिषको साना उद्योगतर्फ आकर्षण बढेको बुझ्न सकिने कार्यालय प्रमुख सुवेदी बताउछन् । कोभिड –१९ ले बैदेशिक रोजगारीमा गएका युवा समेत फर्केर कृषि र साना उद्योग संचालनमा लागेको सुवेदीले बताए । बन्दाबन्दीमा थपिएका अधिकाशं उद्योग कृषिजन्य उद्योग रहेकाले मानिषले अन्य व्यवसाय भन्दा अब कृषिमा नै आफ्नो भविष्य देखेको सुवेदीको बुझाई छ । कृषिमा पनि पशुपालन र तरकारी खेतीतर्फ किसानहरुको आकर्षण बढेको पाईएको सुवेदीले बताए । कोभिड–१९ का कारण सृजित परिस्थितीले मानिषलाई आफ्नै देशमा आत्मनिर्भरह हुनुपर्छ भन्ने चेतना दिएको सुवेदीको भनाइ छ ।गोरखापत्र