जाडो बढ्दै गएसँगै कोरियामा कोभिडको तेस्रो लहर

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 13
  •  
  •  
  •  
  •  
    13
    Shares

दक्षिण कोरियामा जाडो बढ्दै गएसँगै कोभिड–१९ को तेस्रो लहरको संक्रमण देखा परेको छ । संक्रमितको संख्या बढेपछि सोमबारदेखि सरकारले ठूला सहरी क्षेत्रमा कडा नियमहरू लागू गरेको छ । गत अगस्टमा सरकारको विरोधमा दसौं लाख मानिसले सोल क्षेत्रमा र्याली गरेपछि कोभिडको संक्रमण थप फैलिएको थियो । हाल देखिएको कोभिडको संक्रमण ५ करोड १० लाखभन्दा बढी मानिस बसोबास गर्ने राजधानी सोल र ख्याङ्गी प्रान्तमा बढी छ । सोमबार सोल क्षेत्रका १ सय ९ तथा ख्याङ्गी प्रान्तका ७४ जनामा संक्रमण पुष्टि भएको थियो । दुवै बाक्लो जनसंख्या भएका क्षेत्र हुन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

झन्डै ४ महिना कोभिड–१९ को संक्रमण नियन्त्रणमा लिएको कोरियाले अति आवश्यक कामबाहेक घर बाहिर ननिस्कन सबैलाई आग्रह गरेको छ । लकडाउन नै नगरे पनि सामान्य भइसकेको मानिसको दैनिकी फेरिएको छ । देशभर १० जनाभन्दा बढी मानिस जम्मा हुन नपाइने नियम लागू गरिएको छ । सार्वजनिक स्थलमा माक्स नलगाएमा एक लाख वन ९१० हजार रुपैयाँ० जरिवाना हुने नियम छ । ठूला पार्टी हल, सिनेमा हल फेरि बन्द भएका छन् । विद्यालयहरू खुलेको भए पनि विद्यार्थीलाई आलोपालो गरेर पढाउने व्यवस्था गरिएको कोरियाली रोग नियन्त्रण तथा रोकथाम केन्द्र ९केसीडीसी० ले जनाएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

पछिल्ला पाँच दिनमा संक्रमित हुनेको संख्या ३ सयभन्दा बढी छ । ‘अहिले फेरि संक्रमण डरलाग्दो अवस्थामा देखिएको छ । अति आवश्यक काम नपरी बाहिर ननिस्कन अनुरोध गर्छौं । सबै मिलेर नै महामारी नियन्त्रण गर्न सक्ने हो,’ कोरियाली प्रधानमन्त्री छङ से क्युनले भनेका छन् । संक्रमण नियन्त्रणमा नआए अझ कडा नियमहरू लागू गर्ने पनि केसीडीसीले जनाएको छ । अगस्टमा रोग नियन्त्रणमा आएको भन्दै सरकारले विद्यालय, सिनेमा हल, धार्मिक स्थल, जिम तथा रेस्टुरेन्टहरू खोल्न दिएको थियो ।

नेपालीहरू पनि संक्रमित, अधिकांश विद्यार्थी
गत फेब्रुअरीको अन्त्यमा कोरियामा देखा परेको कोभिड–१९ बाट हालसम्म ३३ जना नेपाली संक्रमित भएका छन् । तीमध्ये अधिकांश विद्यार्थी छन् । गत महिना नेपालबाट अध्ययनका लागि कोरिया आएका २० जना विद्यार्थीमा कोभिड–१९ को संक्रमण देखिएको थियो । अक्टोबर १० मा मलेसिया हुँदै कोरिया आएका १४ जना विद्यार्थीमा संक्रमण देखिएको थियो । उनीहरू सबै एकै उडानमा कोरिया आएका देखिएको राजधानी सोल नजिकैको गोयाङ नगरले जनाएको थियो । उनीहरू गोयाङमा हरेको कोरियाली भाषा स्कुलमा अध्ययनका लागि आएका थिए । रोजगार अनुमति प्रणाली ९ईपीएस० मार्फत कोरिया आएका २ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु