जान्नुहोस् स्मार्टफोनको विभिन्न किसिमका स्क्रिन प्रविधिको बारे

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

जब तपाईं नयाँ स्मार्टफोन खरिद गर्नुहुन्छ, तब तपाईंको फोनको क्यामेरा, ब्याट्री, प्रोसेसरमा धेरै ध्यान जान्छ । तर तपाईंले सबैभन्दा धेरै समय बिताउने स्क्रिनमा भने तपाईंले त्यति ख्याल गर्नुहुन्न । तपाईंले स्क्रिनमा ध्यान नजानुको पछाडि नयाँ प्रविधिको बारेमा त्यति साह्रो जानकारी नभएर पनि हुनसक्छ । किनभने आज भोलि प्रविधि यति चाँडो र छिटो परिवर्तन भइरहेको छ कि तपाईं नियमित अपडेट हुनुभएन भने पछाडि पर्दै जानुहुन्छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यस्तो बेला स्क्रिनको प्रविधिलाई बुझ्न त्यसका शब्दावलीको बारेमा ख्याल राख्न जरुरी छ । आईपीएस एलसीडी, टीएफटी एलसीडी, एमोलेड, सुपर एमोलेड जस्ता शब्दावली तपाईंले पक्कै पनि सुन्दै आइरहनु भएको छ । तर यी के हुन् र यीमध्ये तपाईंको लागि कुन स्क्रिन उपयुक्त हुन्छ भन्ने कुरा चाहिँ छुट्याउन निकै अप्ठ्यारो परिरहेको हुन्छ । स्मार्टफोनको स्क्रिन चयन गर्दै गर्दा तपाईंले दुईवटा कुरामा विशेष ध्यान दिन आवश्यक छ । एउटा भनेको स्क्रिन साइज र अर्को पीपीआई अर्थात् पिक्सल पर इन्च । आज हामी तपाईलाई विभिन्न किसिमका स्क्रिन प्रविधिको बारेमा बताउँदै छौं ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

एलसीडी (लिक्विड क्रिस्टल डिस्प्ले)
पछिल्ला केही वर्षदेखि हामी एलसीडी डिस्प्ले प्रयोग गरिरहेका छौं । हामीले पहिले पहिले कम्प्युटर प्रयोग गर्दा सीआरटी मनिटर प्रयोग गर्थ्यौं । त्यसलाई विस्थापन गरेर एलसीडी मोनिटर आयो । तर मोबाइलमा तपाईंले पाउने एलसीडी स्क्रिन सिधै एलसीडीको रुपमा पाउनुहुन्न । यसमा पनि विभिन्न किसिमको उन्नति भएका छन् । जस्तै टीएफटी एलसीडी, आइपीएस एलसीडी, एसआईपीएस एलसीडी, सुपर एलसीडी ।

टीएनपी एलसीडी
तपाईंको कम्प्युटरको मनिटरमा धेरैजस्तो टीएन प्यानल अर्थात् ट्वीस्टेड निमेटिक प्यानल हुन्छ । १०, ११ वर्ष अघिका सस्ता एन्ड्रडोइड फोनमा यी प्यानल राख्ने गरिन्थ्यो । यसको गुणस्तर एकदमै बेकारको हुन्छ । यसले ऊर्जा खपत पनि धेरै गर्छ । मोटो र भिविङ एंगल पनि यसमा आकर्षक हुँदैन ।

टीएफटी एलसीडी
टीएफटी अर्थात् थिन फ्लिम ट्रान्जिस्टर एलसीडी डिस्प्लेमा केही सुधार गरिएको थियो । तर यसले त्यति राम्रो काम गर्न सकेन । यसमा कन्ट्रास्ट त्यति राम्रो छैन र रंग पनि तेजिलो देखिन्न । एकदमै मधुरो देखिन्छ । भिविङ एंगल पनि खासै राम्रो हुँदैन र पावर खपत पनि धेरै हुन्छ ।

आईपीएस एलसीडी
आईपीएस अर्थात् इन प्लेन स्विचिङ एलसीडी । एलसीडी स्क्रिनमध्ये यो सबैभन्दा राम्रो हुन्छ । यसमा तीन वटा कुराको विशेष ख्याल राखिएको हुन्छ । यसमा कलर प्रडक्सन एकदमै सही हुन्छ । यो स्क्रिनमा देखिने रंग वातावरणमा नाङ्गो आखाँले देखिने रंग जस्तै हुन्छ । यसको भिविङ एंगल पनि धेरै बढाइएको छ । यसमा छेउबाट हेर्दा पनि १७६।१७८ डिग्री भ्यू देख्न सकिन्छ । यो एकदमै पातलो हुन्छ । यसलाई फोनको डिजिटाइजरसँग जोडेर दिइएको हुन्छ ।

सुपर एलसीडी
टीएफटी एलसीडीलाई सुधार गरेर सुपर एलसीडी बनाइयो । तर यो सुपर एलसीडी भनिए जस्तो राम्रो बन्न सकेन । एचटीसीका फोनहरु वान एम सेभेन, एम एट जति पनि थिए, ती फोनहरुमा कम्पनीले यस किसिमको एलसीडीको प्रयोग गरेको थियो । प्रविधि राम्रो थियो, तर आईपीएस जस्तो राम्रो भने थिएन ।

ओएलईडी वा एमोलेड
ओएलईडी भनेको अर्गानिक एलईडी स्क्रिन प्रविधि हो । यो एलसीडी प्रविधिभन्दा फरक छ । एलसीडीमा पुरै स्क्रिनको पछाडि एउटा ब्याकलाइट दिएर डिस्प्लेमा उज्यालो बनाउनु पर्द्थ्यो । तपाईंले स्क्रिनमा देख्ने सबै रंगहरु स्क्रिनको ब्याकलाइट अन भएको कारणले सम्भव थियो । जसले एकदमै धेरै पावर खाने गर्दथ्यो । तर ओएलईडीले फोनको प्रत्येक पिक्सेललाई एक एक वटा एलईडी बनाइदियो । यसले गर्दा स्क्रिनलाई ब्याकलाइटको आवश्यकता परेन र आवश्यक परेको समय आवश्यक पिक्सेल मात्रै अन हुन्छन् । यसले पावर बचत पनि गर्छ । यसका मूख्य दुई वटा उपयोगीता छन् । एउटा भनेको कालो रंग हो । पिक्सेलहरु चाहिएको बेला मात्र अन हुन्छन् । जब पिक्सेल अन हुँदैनन्, तब त्यो शुद्ध कालो हुन्छ । अरु स्क्रिनमा जस्तो रंग मिश्रित कृतिम कालो हुँदैन । दोस्रोमा कन्ट्रास्ट रेसियो पुरै स्पष्ट हुन्छ । कालोमा पुरै कालो सेतोमा विशुद्ध सेतो ।

आईपीएस एलसीडी भर्सेस एमोलेड
यदि हामीले आईपीएस र एमोलेडको तुलना गर्ने हो भने आईपीएसमा रंग एकदमै शुद्ध हुन्छ । एमोलेडमा रंग शुद्ध हुँदैन । तर यो आखाँको लागि राम्रो रंग मानिन्छ । आईपीएसमा ब्राइटनेस कम हुन्छ र एमोलेडमा धेरै हुन्छ । ब्राइटनेसको मामिलामा आईपीएस घामको प्रकाशमा पनि राम्रो देखिन्छ । किनभने यसको पछाडि ब्याकलाइट हुन्छ । एमोलेडमा प्रत्येक पिक्सेलमा लाइट हुन्छ र यसलाई राम्रोसँग देख्न सकिन्न । आईपीएसको तुलनामा एमोलेडले कम पावर खपत गर्छ । आईपीएस थोरै मोटो हुन्छ र तर एमोलेड एकदमै हलुको र पातलो हुन्छ । मूल्यमा पनि एमोलेड आईपीएसको तुलनामा महंगो हुन्छ । कलर एक्युरेसीको विवाद भने आजभोली अन्त्य भएको छ । किनभने आजभोली हरेक फोनमा कलर टेम्प्रेचर घटाउने बढाउने विकल्प हुन्छ ।

रेटिना डिस्प्ले
रेटिना डिस्प्ले अहिलेको सबैभन्दा विशेष डिस्प्ले प्रविधि हो । जसलाई एप्पलले रेटिना डिस्प्ले नाम दिएको छ । रेटिना एप्पलले प्रयोग गरेको मार्केटिङ टूल हो । यसलाई लिएर निकै चर्चा पनि भयो । तर यसमा खास केही छैन । यो एउटा आईपीएस एलसीडी डिस्प्ले हो । यसमा पिक्सेल डेन्सिटी धेरै बनाइएको हुन्छ । आजका हरेक हाई ईण्ड स्मार्टफोनमा रेटिना डिस्प्ले प्रयोग गरिएको हुन्छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु