जापानकी नाओमी ओसाकाले दोस्रोपटक जितिन् अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिताको उपाधि

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

जापानकी नाओमी ओसाकाले अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिताको उपाधि जितेकी छिन् । यो उनको दोस्रो अस्ट्रेलियन ओपन तथा समग्रमा चौँथो ग्रान्ड स्लाम उपाधि हो । फाइनलमा अमेरिकाकी जेनिफर ब्राडीलाई हराउँदै नाओमीले उपाधि जितेकी हुन् । १ घण्टा ३० मिनेटसम्म चलेको खेलमा उनले ६–४ र ६–३ को सोझो जीत दर्ता गराइन् । २५ वर्षीया जेनिफरका लागि यो नै ग्रान्ड स्लामको पहिलो फाइनल खेल थियो । यसअघि युएस ओपनमा पनि उनी नाओमीसँग भिडेकी थिइन्, उक्त सेमिफाइनल खेल पनि नाओमीकै पक्षमा गएको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

नाओमीले दुईपटक युएस ओपनको उपाधि पनि जितेकी छिन् । उनले २०१८ र २०२० मा यो उपाधि जितेकी हुन् । त्यस्तै उनी तीनपटक फ्रेन्च ओपन र दुईपटक बिम्बल्डनको फाइनलमा पुगिसकेकी छिन् । हैटीका बाबु तथा जापानी आमाकी सन्तान नाओमीको जन्म जापानको ओसाकास्थित चुओ–कुमा भएको हो । उनी अहिले महिला एकलतर्फकी विश्व नम्बर एक खेलाडी हुन् । एकलतर्फ विश्व नम्बर एक बन्ने उनी पहिलो एशियाली खेलाडी समेत हुन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु