जिओले चाँडै नै एन्ड्रोइडमा आधारित फोरजी तथा फाइभजी स्मार्टफोन सार्वजनिक गर्दै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 36
  •  
  •  
  •  
  •  
    36
    Shares

रिलायन्स जिओले चाँडै नै भारतीय बजारका लागि एन्ड्रोइडमा आधारित फोरजी तथा फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । सस्तो मूल्यको फाइभजी फोनको रुपमा आउने यो ह्याण्डसेटको मूल्य तीन हजार रुपैयाँ भारु अर्थात ४८ सय नेपाली रुपैयाँमै उपलब्ध हुने बताइएको छ । फाइभजी स्मार्टफोन अघि जिओको फोरजी स्मार्टफोन सार्वजनिक हुनेछ । कम्पनीले फोनको बिक्री बढेको खण्डमा त्यसको मूल्य २५ सय रुपैयाँदेखि तीन हजार रुपैयाँ भारुमा उपलब्ध गराउने विभिन्न रिपोर्टले उल्लेख गरेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

हाल फाइभजी स्मार्टफोनको मूल्य भारतमा ४० हजार रुपैयाँमाथि छ । जिओ फाइभजी स्मार्टफोन भारतमा कहिले सार्वजनिक हुनेछ भन्ने स्पष्ट भइसकेको छैन । तर मिडिया रिपोर्टहरुमा २०२१ सम्म यो स्मार्टफोन सार्वजनिक हुने दाबी गरिएको छ । ब्लुमबर्गको एक रिपोर्टमा जिओ एन्ड्रोइडमा आधारित फोरजी स्मार्टफोन सार्वजनिक गर्ने तयारीमा छ । जिओ फोरजी स्मार्टफोन भारतमा यसै सालको डिसेम्बरमा सार्वजनिक हुनेछ । कम्पनीको फोरजी स्मार्टफोनको मूल्य चार हजार रुपैयाँ हुनेछ । कम्पनीले आउँदो दुई वर्षमा करिब २० करोडभन्दा बढी स्मार्टफोन उत्पादन गर्ने लक्ष्य लिएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

जिओले एन्ड्रोइडमा आधारित फोरजी स्मार्टफोन सार्वजनिक गर्नका लागि गुगलसँग सहकार्य गरेको छ । जसबाट कम मूल्यमै भारतीय बजारमा फोरजी र फाइभजी स्मार्टफोन उपलब्ध गराउने योजना बनाइएको छ । यी फोनहरुमा एन्ड्रोइडको नयाँ अपरेटिङ सिस्टम हुनेछ । जिओमा गुगलले गत जुलाईमा ३३ हजार ७३७ करोड भारु लगानी गरेको थियो । जिओ आफैं फाइभजी नेटवर्कका लागि आवश्यक उपकरणमा समेत काम गरिरहेको छ । कम्पनीले भारतको टेलिकम विभागसँग चाँडोभन्दा चाँडो फाइभजी स्पेक्ट्रम बढाबढ गर्न माग गर्दै आएको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु