जिरुउडले कीर्तिमानी गोल गरेपछि विश्वविजेता फ्रान्सले युक्रेनमाथि सानदार जित

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 6
  •  
  •  
  •  
  •  
    6
    Shares

फरवार्ड ओलिभर जिरुउडले आफ्नो १ सयौं अन्तर्राष्ट्रिय खेलमा कीर्तिमानी दुई गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा विश्वविजेता फ्रान्सले युक्रेनमाथि सानदार जित दर्ता गरेको छ ।युइएफए नेसन्स लिगको तेस्रो र चौथो राउन्ड अघिको तयारीको लागि भएको मैत्रीपुर्ण खेलमा फ्रान्सले युक्रेनमाथि ७–१ को प्रभावशाली जित दर्ता गरेको हो । घरेलु मैदानमा बुधबार राति भएको खेलमा फ्रान्सको सानदार जितमा ओलिभर जिरुउडले दुई तथा इडुआर्डो कामाभिंगा, कोरेन्टिन टोलिसो, केलियन एमबाप्पे र एन्टोइन ग्रिजमनले गोल गरे । एक गोल उपहार पाउदा युक्रेनका भिक्टोरले सान्त्वना गोल फर्काए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

स्टेड डि फ्रान्स पेरिसमा पहिलो हाफमा ४ र दोस्रो हाफमा पनि चार गोल सम्भव भएकमे खेलमा फ्रान्सले खेलको नवौं मिनेटमा युवा स्टार कामाभिंगाको गोलबाट अग्रता लिएको थियो । गोलको वर्षा भएको खेलमा ओलिभर जिरुउडले खेलको २४औं मिनेटमा गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे ।३४औं मिनेटमा जिरुउडले व्यक्तिगत तेस्रो गोल गरेपछि फ्रान्स खेलमा ३–० ले अघि बढ्यो । यससँगै जिरुउड फ्रान्सबाट सर्वाधिक गोल गर्ने दोस्रो खेलाडी बनेका छन् । अब उनीभन्दा अघि थिएरी हेनरी १२५ खेलमा ५१ गोल रहेका छन् । युक्रेनविरुद्ध दुई गोल गरेसँगै उनले मिचले प्लाटिनी ९४१० गोललाई पछि पारेका हुन् । जिरुउडले १०० खेलमा ४२ गोल गरेका छन् । ३९औं मिनेटमा भिटाली माइकोलेन्कोले आत्मघाती गोल गरेपछि फ्रान्सले पहिलो हाफमै ४–० को आरामदायी अग्रता लिन सफल भयो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

दोस्रो हाफमा पनि गोलको वर्षा रोकिएन । ५३औं मिनेटमा पाहुना टोलीका भिक्टोरले गोल गर्दै खेललाई ४–१ को अवस्थामा ल्याए । ६५औं कोरेन्टिन टोलिसोले केलियन एमबाप्पेको पासमा गोल गर्दै फ्रान्सलाई फराकिलो जिततर्फ अग्रसर गराए । ८२औं मिनेटमा विसाम विन यडरको पासमा एमबाप्पेल गोल गरेपछि फ्रान्सल खेलमा ६–१ को फराकिलो अग्रता लियो । निर्धारित समयको खेल सकिन एक मिनेट बाँकी रहँदा विसाम विन यडरकै पासमा एन्टोइन ग्रिजमले गोल गर्दै फ्रान्सलाई ७–१ को सानदार जित दर्ता गराए । मैत्रीपुर्ण खेलपछि नेसन्स लिग ‘ए’ को ग्रुप ३ मा रहेको फ्रान्सले पोर्चुगलसँग १२ अक्टोवरमा तथा १५ अक्टोवरमा क्रोएसियासँग खेल्ने तालिका छ । समुहमा पोर्चुगल ६ अंक जोडेर शीर्षस्थानमा रहँदा समान ६ अंक भएपनि फ्रान्स गोलअन्तरमा दोस्रो स्थानमा रहँदा अंकविहीन स्वीडेन र क्रोएसिया तेस्रो र चौथो स्थानमा छ ।

यता, लिग ‘ए’ को ४ मा रहेको युक्रेनले ११ अक्टोवरमा जर्मनीको तथा १४ अक्टोवरमा स्पेनको सामना गर्दैछ । युक्रेन ३ अंक जोडेर दोस्रो स्थानमा रहँदा स्पेन ४ अंकसहित शीर्षस्थानमा छ । जर्मनीको २ तथा स्वीट्जरल्यान्डको १ अंक छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु