जिल्ला प्रशासन कार्यालय काठमाडौंमा हाल बन्द रहेका सेवाहरु मंसिर ३ गतेदेखि सुरु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 15
  •  
  •  
  •  
  •  
    15
    Shares

जिल्ला प्रशासन कार्यालय काठमाडौंले हाल बन्द रहेका नागरिकता वितरणलगायतका सेवा मंसिर ३ गतेदेखि सुरु गर्ने भएको छ । कोरोना महामारीको जोखिम उच्च रहेको र कार्यालयका कर्मचारीमा समेत कोरोना संक्रमण देखिएको भन्दै कार्यालयले असोज २५ गतेदेखि कतिपय सेवा स्थगित गरेको छ । प्रशासन कार्यालयले बिहीबार सूचना प्रकाशित गरी नयाँ नागरिकता, नागरिकताको प्रतिलिपी, नावालिग परिचयपत्र, राहदानी हतियार दर्ता तथा नवीकरण जस्ता सेवा मंसिर ३ गतेदेखि खुला गर्ने जानकारी दिनेछ । त्यसपछि पनि कार्यालयले स्थानीय तहअनुसार निश्चित बार मात्र सेवा दिनेछ । जसअनुसार आइतबार काठमाडौं महानगरपालिकाको वडा नं १ देखि ११ सम्मका बासिन्दाले, सोमबार कीर्तिपुर, नागार्जुन र चन्द्रागिरि नगरपालिकाका वासिन्दाले सेवा पाउनेछन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

त्यस्तै मंगलबार काठमाडौं महानगरपालिकाको वडा नं १२ देखि २१ सम्मकाले, बुधबार बुढानीलकण्ठ, टोखा र कागेश्वरी मनोहरा नगरपालिका, बिहीबार काठमाडौं महानगरपालिकाको वडा नम्बर २२ देखि ३२ सम्मकाले र शुक्रबार गोकर्णेश्वर, दक्षिणकाली, शंखरापुर र तारकेश्वर नगरपालिकाका वासिन्दाले सेवा पाउनेछन् । पत्रपत्रिका, संघ संस्था दर्ता र नवीकरणसम्बन्धी सेवा पनि बार अनुसार बर्गीकरण गरेर दिइने कार्यालयले सूचनामा उल्लेख गरेको छ । संघसंस्था दर्ताको काम सोमबार र बुधबार, संघसंस्था नवीकरण आइतबार, मंगलबार बिहीबार र पत्रपत्रिका, छापाखाना दर्ता र विधान संशोधन शुक्रबार मात्र हुनेछ । प्रतिलिपी पत्राचार सेवा प्रत्येक दिनको ४ बजेपछि दिनेछ । शान्ति सुरक्षाको निवेदन र कानुन बमोजिम हुने मुद्दा सम्बन्धी काम, आयोजनासँग सम्बन्धित समन्वय र छलफल र विपद व्यवस्थापनसम्बन्धी काम भने सबै दिन हुनेछ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु