‘जैस–उल हिन्द’ले लियो अम्बानीको घरबाहिर बरामद विस्फोटक पदार्थसहितको कारको जिम्मा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

भारतीय अर्बपति उद्योगपती मुकेश अम्बानीको घरबाहिर राखिएको विस्फोटक पदार्थले भरिएको कारको जिम्मा ‘जैस–उल हिन्द’ नामक एक संगठनले लिएको छ । २५ फ्रेवुअरीमा अम्बानीको घर बाहिर विस्फोटक पदार्थले भरिएको स्कोर्पियो कार भेटिएको थियो । सो कारभित्र भारतीय क्रिकेट टीमको ‘मुम्बई इन्डियन्स’ को ब्याग राखिएको थियो । उक्त टीमका मालिक पनि अम्बानी नै हुन् । भारतीय सञ्जारमाध्यमका अनुसार उक्त संगठनले टेलिफोनमार्फत यस घटनाको जिम्मा लिएको हो । यो संगठनले केही दिन अघि दिल्लीस्थित इजरायली दूतावास बाहिर भएको बम बिष्फोटको जिम्मेवारी लिएको थियो।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

संगठनले सन्देश जारी गर्दै लेखेको छ, ‘यदि तिमीहरु रोक्न सक्छौ भने रोक, हामीले तिमीहरुको नाक मुनिबाट दिल्लीलाई हिर्कायौं तर केही पनि गर्न सकेनौं, तिमीले मोसादसँग हात मिलायौं तर केही भएन, तिमीहरु नराम्रोसँग असफल भयौं, पछि पनि सफल हुने छैनौं। यस्तै, अम्बानिसगँ पैसाको माग गर्दै धम्किपूर्ण रुपमा लेखिएको छ, ‘तिमीलाई थाहा छ के गर्नुपर्छ। अब पैसा पठाइदेउ, जुन तिमीसँग पहिले कुरा गरिएको थियो।’

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु