जोआन लापोर्टा दोस्रो पटक बार्सिलोनाको अध्यक्षमा निर्वाचित

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

जोआन लापोर्टाले दोस्रो पटक बार्सिलोनाको अध्यक्षमा निर्वाचित भएका छन् । कप्तान लिओनेल मेस्सीलाई बार्सिलोनामा नै राख्ने नारा लिएर चुनावमा उत्रिएका उनले कुल मतको ५४ प्रतिशत प्राप्त गर्दै चुनाव जितेका हुन् । यसअघि २००३ देखि २०१० सम्म लापोर्टा क्लबको अध्यक्ष रहेका थिए । गत अक्टोबरमा जोसेप मारिया बार्टोमेउले राजिनामा दिएपछि क्लबमा अध्यक्ष पद रिक्त रहेको थियो । चुनावमा भिक्टर फन्ट ३० प्रतिशत मतसहित दोस्रो स्थानमा रहे भने टोनी फ्रेक्सिया तेस्रो बने ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

क्लबका अनुसार १ लाख ९ हजार मतदातामध्य ५५ हजार ६ सय जनाले मतदानमा सहभागिता जनाएका थिए । यसअघि क्लबको चुनाव जनवरीमा हुने भनिएपनि कोरोना संक्रमणका कारण सरेको थियो । लापोर्टाले आफ्नो पहिलो कार्यकालमा पेप गुआर्डीओलालाई प्रशिक्षक नियुक्त गरेका थिए । उनकै समयमा क्लबले ब्राजिलियन स्टार रोनाल्डिन्हो र क्यामरुनका फरवार्ड स्यामुएल एटोलाई अनुबन्ध गरेको थियो । त्यसबेला क्लबले २ च्याम्पियन्स लिग र ४(४ पटक लिग उपाधि र कोपा डेल रे जितेको थियो । उनको पछिल्लो कार्यकालमा मेस्सी विश्व फुटबलको उदाउँदो खेलाडीका रुपमा थिए । मेस्सीसँगै बार्सिलोनाका अन्य खेलाडीले पनि यसपटक मतदान गरे । मेस्सीको भविष्यबारे अहिले यकिन निर्णय नभएपनि अब उनी क्लबमा बस्ने सम्भावना बढेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

लापोर्टाले मेस्सी आफैं मतदानमा सहभागी हुनु सकारात्मक पक्ष रहेको बताए । ‘मेस्सी आजभन्दा २० वर्षअघि बार्सिलोना आएका थिए । आज मेस्सी आफ्नो छोरासँग मतदान गर्न आउनु सुखद पक्ष हो,’ उनले भने, ‘अब हामीले आफ्नो ध्यान पेरिसको खेलमा राख्नेछौं । आशा गरौं हामीले अर्को पुनरागमन गर्न सक्नेछौं ।’

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु