जोखिम भत्ता नदिएको भन्दै आन्दोलनमा उत्रिए वीर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 31
  •  
  •  
  •  
  •  
    31
    Shares

कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता नदिएको भन्दै वीर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । दैनिक एक घण्टा ड्युटी छोडेर उनीहरू अस्पताल परिसरमा चार दिनदेखि धर्ना बसिरहेका छन् । अस्पतालले स्वास्थ्यकर्मीलाई संक्रमण व्यस्थापनमा खटाएपनि गुणस्तरिय स्वास्थ्य सुरक्षा सामग्री नदिएको, समयमा तलब नदिएको र चैत ११ गतेदेखि हालसम्म एकपटक पनि भत्ता नदिएको आन्दोलित स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

‘आकस्मिक कक्ष र आइसोलेसनमा खटिनेलाई गुणस्तरीय पीपीई दिँदैनन्, जसका कारण हामी आफै संक्रमित भइरहेका छौं,’ अस्पतालको कर्मचारी युनियनका सचिव दिपक मुडबरीले भने, ‘न भत्ता दिइएको न बिमाको शुल्क, यसरी कहिलेसम्म हामी काम गर्नुपर्ने हो रु’ वीरमा हालसम्म करिब २५० स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन्, तीमध्ये आधा संक्रमित स्वास्थ्यकर्मी आइसोलेसन र क्वारेन्टाइनमै छन् । भत्ता र सुरक्षा सामग्री उपलब्ध नगराए आकस्मिकसहित सबै सेवामा आफूहरू नखटिने आन्दोलित स्वास्थ्यकर्मीहरूको चेतावनी छ । वीरमा एक हजार ५ सय स्वास्थ्यकर्मी छन्, जसले संक्रमितको उपचारमा खटिएबापत पाउनुपर्ने सेवासुविधा पाएका छैनन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु