जोन्सन एन्ड जोन्सनले कोभिड–१९ विरुद्धको खोप परीक्षण तत्कालका लागि स्थगित

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 22
  •  
  •  
  •  
  •  
    22
    Shares

औषधि निर्माता कम्पनी जोन्सन एन्ड जोन्सनले कोभिड–१९ विरुद्धको खोप परीक्षण तत्कालका लागि स्थगित गरेको छ । परीक्षणमा सहभागी एक जना बिरामी भएपछि उक्त निर्णय गरिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो । ‘एक जना सहभागी बिरामी भएपछि हामीले अस्थायी रूपमा कोभिड–१९ विरुद्धको खोपको सबै क्लिनिकल ट्रायल रोकेका छौं,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनीले करिब ६० हजार व्यक्तिमा उक्त खोप परीक्षण गरिने जनाएको थियो । करिब तीन सातायता कम्पनीले तेस्रो चरणको परीक्षणमा सहभागी हुने व्यक्तिहरूको सूची बनाइरहेको थियो । परीक्षणमा अमेरिका, अर्जेन्टिना, चिली, कोलम्बिया, मेक्सिको, पेरु, दक्षिण अफ्रिकालगायत मुलुकका व्यक्तिहरू सहभागी हुने जनाइएको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

परीक्षणमा सहभागी बिरामी भएको विषयमा एउटा स्वतन्त्र कमिटीले समीक्षा गरिरहेको जोन्सन एन्ड जोन्सनको भनाइ छ । कम्पनीका चिकित्सकले पनि त्यसको समीक्षा गरिरहेको जनाइएको छ । यद्यपि, ती सहभागीमा कस्तो प्रकृतिको समस्या देखिएको भन्नेबारे केही खुलाइएको छैन । ‘हामीले परीक्षणमा सहभागी व्यक्तिको गोपनीयताको सम्मान गर्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उनी बिरामी हुनुको कारण पत्ता लगाउने प्रयास गरिरहेका छौं ।’ यसअघि बेलायती कम्पनी अस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले संयुक्त रूपमा विकास गरिरहेको खोप परीक्षण पनि सहभागी बिरामी भएपछि रोकिएको थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु