अमेरिकी राष्ट्रपति पदमा निर्वाचित जो बाइडेनले जानेट एलेनलाई अर्थमन्त्री ९ट्रेजरी सेक्रेटरी० मा नियुक्त गरेका छन् । अमेरिकाकी पूर्व फेडरल रिजर्भ बैंककी अध्यक्ष एलेन अब सिनेटले स्वीकृति दिएमा अमेरिकाको पहिलो महिला अर्थमन्त्री बन्ने भएकी छन् । बाइडेनको टिमले अमेरिकामा महिला पुरुषमा हुने भेदभावलाई तोड्न उनलाई यस पदमा नियुक्त गरिएको बताएका छन् । यसअघि बाइडेनले आफ्नो प्रेस टिमका सबै टिममा महिलालाई नियुक्त गरेका थिए । बाइडेन टिमले एलेनको नियुक्तिले अमेरिकाको अहिलेको ब्रिग्रिएको अर्थव्यवस्थालाई ट्रयाकमा ल्याउन सफल हुने बताएको छ । बाइडेनले यस अघि विदेशमन्त्रीसहित अन्य महत्वपूर्ण नियुक्ति गरेका थिए ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185