अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आफ्नो सरकारको टिम घोषणा गरेका छन्। उनले सरकारका महत्वपूर्ण छ वटा पदमा मनोनित गर्नुभएको हो। एभ्रिल हेन्स पहिलो महिला डिरेक्टर अफ न्याश्नल इन्टेलिजेन्स बन्नुहुनेछ भने अलेहान्ड्रो मयोर्कस होमल्याण्ड सिक्युरिटीको पहिलो ल्याटिनो प्रमुख हुने बीबीसीले जनाएको छ। यसअघि बाइडेनले टोनी ब्लिङ्केनलाई विदेश मन्त्री र अर्थशास्त्री ज्यानेट येलेनलाइ अर्थमन्त्रीको को जिम्मेबारी दिने घोषणा गरेका थिए। पूर्वविदेश मन्त्री जोन केरीले जलवायुसम्बन्धी विशेष दूतको भूमिका निर्वाह गर्नेछन्।सबै मनोनयन सिनेटको सुनुवाइ समितिबाट अनुमोदित हुनुपर्नेछ।बाइडेनले आफ्नो समूहको घोषणा गर्दै विश्वको नेतृत्व गर्न अमेरिका फर्केर आएको बताउनुभएको छ। मन्त्रिपरिषद्मा रहने मुख्य व्यक्तिहरूको घोषणा गर्दै बाइडेनले यो समूहले अमेरिकालाई पुनः एकताबद्ध गराउने दाबी पनि गरे।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
गृह राज्य डेलावेरमा बोल्दै बाइडेनले अमेरिकाका विरोधीहरूसँग भिड्ने तर सहयोगीहरूलाई अस्वीकार नगर्ने उल्लेख गरे। आफ्नो समूह अनावश्यक सैनिक द्वन्द्वमा नफस्ने उनको भनाई छ। तर समूहले अमेरिकालाई सुरक्षित राख्न, विश्वव्यापी महामारी नियन्त्रण गर्न र जलवायु परिवर्तनलाई सम्बोधन गर्न आफ्नो अनुभव साझेदारसँग सहकार्यमा लगाउने बाइडेनले बताए।