झलनाथ खनालले भने आगामी निर्वाचनमा ओलीको जमानत जफत हुन्छ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का वरिष्ठ नेता झलनाथ खनालले आगामी निर्वाचनमा दुईतिहाइ ल्याउछु भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको जमानत जफत हुने बताएका छन्। प्रतिनिधि सभा विघटनका विरुद्ध नेकपाको प्रचण्ड–नेपाल समूहले काठमाडौँमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता खनालले आगामी निर्वाचनमा देशका १६५ निर्वाचन क्षेत्रमै ओली समूहको जनमत जफत हुने बताएका हुन्। उनले दरबार अगाडिको सभामा ओलीले चुनाव गराएर दुई तिहाइ ल्याउने बताएका थिए। सोही भनाइ तर्फसंकेत गर्दै उनले भंगेराले बाँस नुघाएको कथा सुनाउदै ओलीका खुट्टी हेर्दै चाल पाएको बताए।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

मिस्टर केपी ओली, तपाईंका खुट्टी हेर्दै पत्यायौँ, अब तपाईले दुई तिहाइ ल्याउने होइन्, तपाईंको जमानत जफत हुन्छ’, उनले भने, अबको दुई वर्षमा चुनाव हुन्छ, त्यसपछि १६५ निर्वाचन क्षेत्रमै तपाईंको जमानत जफत हुन्छ।’ उनले सभा कस्तो हुन्छ भन्ने हेर्न प्रदर्शनी केन्द्र आउन प्रधानमन्त्री ओलीलाई चेतावनी दिए। ‘दरबार कमार्ग अगाडि दुईचार हजार मान्छे जम्मा गरेर केपी ओलीले भने–ल हेर्नुहोस् सभा कस्तो हुन्छरु म कास्टिङ गर्छु भने’, नेता खनालले भने, ‘केपी ओलीजी र केपी ओलीका समर्थक साथीहश्ररु सभा कस्तो हुन्छ, आउनुहोस् प्रदर्शनी सभामा आउनुहोस् हामी देखाउन तयार छौँ।’ उनले निर्वाचन आयोगमा आयुक्तहरुलाई आधिकारिक पार्ट कुन भनेर निर्क्र्यौल गर्न गाह्रो परेको भन्दै आधिका आधिकारिक पार्टी हेर्न प्रदर्शन केन्द्रका वरिपरि आउन आग्रह गरे। उनले यो भन्दा अधिकारिक पार्टी नेपालमा हुन नसक्ने दावी गरे। उनले निर्वाचन आयोगलाई ऐन, कानुन प्रक्रिया मिलाई छिट्टै घोषणा गर्न आग्रह गरे।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

नेता खनालले संयुक्त आन्दोलनका लागि आह्वान सबैमा गरेका छन्। उनले यो नेकपाका दुई गुटको आन्दोलन नभएको र त्यसरी नहेर्न मिडियालगायतलाई आग्रह समेत गरे। ‘गणतन्त्र र संविधानविरुद्ध भएको प्रतिक्रान्तिविरुद्ध सबै नेपाली जनता आन्दोलित भएको हुँदा अब संयुक्त आन्दोलन गरौं, त्यसका लागि हामीले के गर्नुपर्छ सल्लाह गरौं,’ खनालले भने।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु