बलिउड अभिनेत्री रिया चक्रवर्तीले झुटो बयान दिएको भन्दै छिमेकी डिम्पल थवानीविरुद्ध सीबीआईमा उजुरी दिएकी छन्। रियाले सीवीआइको नाममा लेखेको पत्रमा छिमेकी डिम्पलले मिडियामा सुशान्त र आफ्नो बारेमा झुटो रिपोर्ट दिएर मुद्दा भड्काउने कोशिश गरेको आरोप लगाएकी छन्। मिडियासँग कुरा गर्दै डिम्पलले सुशान्त र रियाको भेट जुन १३ मा भएको बयान दिएकी थिइन्। तर सीबीआइको छानविनका क्रममा जुन १३ मा रिया र सुशान्तविच भेट भएको खबर झुटो निस्किएको थियो। छानबिनका क्रममा सीबीआइले डिम्पलको बयान झुटो निस्किएपछि उनलाई सम्झाएर छाडेको थियो। बलिउड नायक राजपुतले जुन १४ मा आफ्नै अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेका थिए।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185