टर्कीमा भूकम्पबाट मृत्यु हुनेको संख्या १ सय १६ पुग्यो, बेपत्ता भएकाको खोजी तथा उद्धार अन्तिम चरणमा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 23
  •  
  •  
  •  
  •  
    23
    Shares

एजिएन समुद्री क्षेत्रमा गत साता गएको विनाशकारी भूकम्पबाट मृत्यु हुनेको संख्या बुधबारसम्ममा एक सय १६ जना पुगेको टर्कीका उद्धारकर्मीहरूले बताएका छन् । उनीहरूले एजमिर सहरका भत्किएका भवनमा खोज तथा उद्धार अन्तिम चरणमा पुगेको पनि जनाएका छन् । भूकम्पबाट टर्कीको तेस्रो ठूलो सहर एजमिरमा दुईको मृत्यु भएको छ । यस्तै ग्रिकेली द्वीप सामोसमा पनि दुई किशोरको मृत्यु भएको थियो । टर्कीको विपत् तथा आपतकालीन व्यवस्थापन निकायले एजमिरमा १७ मध्ये १५ वटा ठूला भवन नराम्रोसँग भत्किएका र तिनीहरूमा खोज तथा उद्धार सकिएको जनाएको छ । सो निकायले एक हजार ३५ जना घाइते भएका र एक सय ३७ जना अझै अस्पतालमा उपचार गराइरहेको जनाएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकपछि राष्ट्रपति रिसेप तायिप एर्डोगानले अन्तिम क्षणसम्म खोजी र उद्धार जारी राख्ने प्रतिबद्धता व्यक्त गरे । उद्धारकर्ताहरूले भूकम्प गएको ९० घन्टापछि भत्किएको घरबाट एकजना तीन वर्षीया बालिकालाई जीवितै उद्धार गर्न सफल भएका थिए । अमेरिकी भौगर्भिक सर्भेले भूकम्प ७।० म्याग्निच्युडको गएको जनाएको छ । भूकम्पको धक्का राजधानी इस्तानबुल र ग्रिसको राजधानी एथेन्ससहित पश्चिम टर्कीको ठूलो क्षेत्रमा अनुभव गरिएको थियो । गत शुक्रबारको पहिलो भूकम्पपश्चात् एक हजार सात सयभन्दा बढी परकम्प गइसकेका छन् । तीमध्ये ४ रेक्टरभन्दा ठूला ४५ पटक परकम्प गइसकेका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु