टाटा ग्रुपले एप्पलको नयाँ निर्माण फेसिलिटीका लागि साढे ८० अर्ब रूपैयाँ लगानी गर्ने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 15
  •  
  •  
  •  
  •  
    15
    Shares

भारतमा आफ्नो निर्माण कार्य विस्तार गर्ने योजनामा रहेको एप्पलले बलियो साझेदार पाएको छ । भारतको स्वदेशी कम्पनी टाटा ग्रुपले एप्पलको निर्माण अपरेसनमा लगानी गर्न लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मिडिया रिपोर्टका अनुसार टाटा ग्रुपले एप्पलको नयाँ निर्माण फेसिलिटीका लागि पाँच हजार करोड भारतीय रुपैयाँ अर्थात् झण्डै साढे ८० अर्ब रूपैयाँ लगानी गर्ने भएको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

तामिल नाडुको औद्योगिक शहर होसुरमा निर्माण फ्यासिलिटी स्थापनाका लागि तामिल नाडू औद्योगिक विकास कर्पोरेसन टिड्कोले यसअघि नै उक्त ग्रुपलाई पाँच सय एकड जमिन प्रदान गरिसकेको छ । टिड्कोले उक्त जमिन टाटा ग्रुपको नयाँ सब्सिडरी कम्पनी टाटा इलेक्ट्रोनिक्सका लागि प्रदान गरेको हो । रिपोर्टहरुका अनुसार यसअघि उक्त फ्यासिलिटीलाई कर्नाटक र तामिल नाडु दुई राज्यमध्ये एउटामा स्थापना गर्ने निर्णय गरिएको थियो । टाटा र टिड्को दुवैले पछिल्लो खबरहरुको बारेमा कुनै पनि आधिकारिक वक्तव्य सार्वजनिक गरेको छैन । यद्यपि रिपोर्टहरुले दुवै संस्था कुनै ठूलो निर्माण फ्यासिलिटीको योजनामा रहेको देखाउँदै आइरहेको छ । टाटाले उक्त निर्माण फ्यासिलिटीमा १८ हजार कर्मचारी रहने जसमध्ये ९० प्रतिशत महिला हुने बताएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

एप्पलले भारतमा आईफोन मोडल निर्माणका लागि यसअघि देखि फक्सकोनसँग साझेदारी गर्दै आइरहेको छ । तर टाटाको नयाँ फ्यासिलिटीमा भने आईफोनको सम्पूर्ण स्मार्टफोन एसेम्बल वा निर्माणको सट्टा पाटपूर्जा निर्माणमा केन्द्रित रहने देखिएको छ । फ्यासिलिटी एकपटक सेटअप भइसकेपछि टाटा ग्रुपले लगानीलाई बढाउँदै लग्ने सम्भावना देखिएको छ । रिपोर्टका अनुसार टिटान इन्जिनियर तथा अटोमेसन टिलले उक्त उत्पादन फ्यासिलिटीको कामलाई हेर्नेछ । अमेरिका र चीनबीचको प्रविधि युद्धका कारण एप्पलले एसियाको दोस्रो ठूलो बजार भारतमा आफ्नो प्रभाव विस्तार गर्न खोजिरहेको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु