टिकटक जस्तै छोटो भिडियो शेयर गर्न मिल्ने शर्ट्सको बेटा भर्सन भारतमा सार्वजनिक

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

गुगलले भारतमा युट्युब शर्ट्स नामक एप्लिकेसन सार्वजनिक गरेको छ । कम्पनीले टिकटक जस्तै १५ सेकेन्डको छोटो भिडियो शेयर गर्न मिल्ने शर्ट्सको बेटा भर्सन भारतमा सार्वजनिक गरेको हो । भारतले टिकटकमाथि लगाएको प्रतिबन्धपछि विभिन्न कम्पनीहरु टिकटक जस्तै छोटो भिडियो शेयर गर्न मिल्ने एप सार्वजनिक गर्न प्रतिस्पर्धा गरिरहेका छन् । यसअघि इन्स्टाग्रामले पनि भारतमा टिकटक जस्तै रील्स नामक एप्लिकेसन सार्वजनिक गरेको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

उक्त एप अमेरिकामा प्रयोग भएको भएतापनि अन्य मुलुकमा प्रयोग भएको थिएन । भारतमा टिकटकमाथि प्रतिबन्ध लगाएसँगै कम्पनीले भारतमा उक्त सेवा सुरु गरेको थियो । यसैबीच गुगलले पनि भारतबाट आफ्नो बजारलाई अघि बढाएको छ । उसले युट्युब शर्ट्सको बेटा भर्सन भारतमा सार्वजनिक गरेको हो । यसले भारतमा प्रतिबन्ध र अमेरिकाको कारोबार बेच्नुपर्ने अवस्था भएको बेला टिकटकका लागि यो ठूलो चुनौती हुन सक्नेछ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

शर्टसको बेटा भर्सनसँगै कम्पनीले यसका लागि आवश्यक पर्ने नयाँ क्यामेरा तथा केही एडिटिङ टुलहरु पनि छिट्टै आउने उल्लेख गरिएको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु