टीभीएसले आफ्नो पहिलो क्रुजर मोटरसाइकल ‘जेप्लीन आर’ चाँडै बजारमा ल्याउदै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 50
  •  
  •  
  •  
  •  
    50
    Shares

क्रुजर सेग्मेन्टमा अर्को नयाँ मोटर आउने भएको छ । टीभीएसले आफ्नो पहिलो क्रुजर मोटरसाइकल ‘जेप्लीन आर’ को ट्रेडमार्क दर्ता गराएको हो । योसँगै कम्पनीले नयाँ मोटरसाइकल चाँडै बजारमा ल्याउने अनुमान गरिएको छ । टीभीएसले अटो एक्सपो २०१८ मा यसको कन्सेप्ट सार्वजनिक गरेको थियो । उक्त अटो एक्सपोमा जेप्लीन नामबाट प्रोटोटाइप तयार भएको थियो । अब यसको प्रडक्स मोडल भने जेप्लीन आर नामबाट आउने छ । कम्पनीले यसलाई सन् २०२१ बाट बजारमा बिक्री सुरु गर्ने अनुमान गरिएको छ । जेप्लीन कन्सेप्ट वेसमा नै जेप्लीन आर आउने हो भने यसको डिजाइनमा थुप्रै यूनिक फिचर समावेस हुने छन् । यसमा अक्टागनल इन्स्ट्रुमेन्ट कन्सोल, रेक्ट्याङगुलर रियर भ्यू मिरर, राइट साइड फ्यूल ट्याङक जस्ता नौला प्रयोग देख्न पाइने छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

टीभीएस जेप्लीन कन्सेप्टमा एड्भान्स हाइब्रिड पावरट्रेन दिइएको थियो । यसमा २२० सीसी सिंगल सिलिन्डर पेट्रोल मोटर र १२०० वाट रिजेनेरेटीभ इलेक्ट्रीक मोटर जडान गरिएको कम्पनीले जनाएको थियो । यसमा दिइएको इलेक्ट्रीक मोटर चलाउन ४८ भोल्टको लिथियम आयन व्याट्री जडान भएको थियो । तर, जेप्लीन आरमा कुन इन्जिन र हाइब्रिड टेक्नोलोजी रहने छ वा छैन भन्ने चासो ग्राहकमा बढ्न सुरु भएको छ । यसमा कि फिचरको रुपमा हल्का च्याचिस, इन्ट्रिगेटेड एचडी क्यामेरा, वायो कि, इन्टरनेट कनेक्टिभिटी, गोल्डेन कलर यूएडी फर्क, मोनोशक सस्पेन्सन, बेल्ट ड्राइभ, डबल च्यानल एबीएस जस्ता अन्य धेरै फिचर रहने अनुमान गर्न सकिन्छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु