भारतीय मोटरसाइकल निर्माता कम्पनी टीभीएसले इलेक्ट्रीक स्टार्टअप कम्पनीसँगको सहकार्यमा ३० करोड रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ । कम्पनीले अल्ट्राभोइलेट अटोमोटीभसँगको सहकार्य उक्त लगानी गर्ने घोषणा गरेको हो । कम्पनीले यस अघि नै अल्ट्राभोइलेटसँग सहकार्य सुरु गरिसकेको थियो । अल्ट्राभोइलेटमा टीभीएसले सन् २०१७ मा नै ५ करोड रुपैयाँ लगानी गरेको थियो ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
अल्ट्राभोइलेट कम्पनी २०१५ मा स्थापना भएको इलेक्ट्रीक भेहिकल उत्पादन र अनुषन्धान गर्ने स्टार्टअप कम्पनी हो । कम्पनीले २०१९ नोभेम्वरमा आफ्नो पहिलो उत्पादन निर्माण गरेको थियो । अल्ट्राभोइलेट ‘एफ ७७’ नामबाट तयार भएको भारतकै पहिलो हाई-पर्फमेन्स इलेक्ट्रीक मोटरसाइकलको प्रोटाइप बनाएर परिक्षण गरेको थियो । अब यो इलेक्ट्रीक मोटरसाइकल बजारमा उतार्ने तयारी गरेको बताइएको छ । कम्पनीले सन् २०२१ को सुरुवातबाट यसको बिक्री सुरु गर्ने छ ।



JUNGLE






from the
city



अल्ट्राभोइलेट अटोमोटीभ कम्पनीका फाउन्डर तथा सीईओ एन सुब्रमन्यमले इलेक्ट्रीक भेहिकल बजारमा ल्याउने राम्रो समय रहेको बताएका छन् । ‘भारतीय बजारमा इलेक्ट्रीक मोटरासइकलको माग बढ्दै गइरहेको छ । यस्तो अबस्थामा हामीले हाइ पर्फमेन्स इलेक्ट्रीक मोटरसाइकल बजारमा उतार्ने तयारी भइरहेको छ’, उनले भने । अल्ट्राभोइलेट एफ ७७ मा एयरकुल्ड ब्रसलेस डीसी मोटर रहेको छ । यो मोटरले ३३ बीएच पावर जेनेरेट गर्छ । यसको टप स्पीड १४७ किलोमिटर प्रतिघन्टा रहेको छ । यसले २.९ सेकेन्डमा ०-६०, र ०.१०० जम्मा ७।५ को स्पीड भेट्न सक्छ ।
यसको मूल्य ३ लाख भारतीय रुपैयाँ हुने अनुमान गरिएको छ ।