टेकुस्थित शुक्रराज अस्पतालमा लक्षण देखिएका कोरोना संक्रमितको निःशुल्क पिसिआर परीक्षण हुने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 14
  •  
  •  
  •  
  •  
    14
    Shares

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा लक्षण देखिएका कोरोना संक्रमितको निःशुल्क पिसिआर परीक्षण हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालमा कोरोना परीक्षण निःशुल्क गर्ने निर्णय गरेको थियो। मन्त्रालयको निर्णयसँगै शुक्रराज अस्पतालले सूचना जारी गरी लक्षण देखिएका व्यक्तिहरुको मात्र निःशुल्क परीक्षण गर्ने जनाएको हो। सूचनामा भनिएको छ, ‘अस्पतालको ओपिडीमा खटिएका चिकित्सकरस्वास्थ्यकर्मीले जाँच गर्दा ज्वरो (१०० डिग्री फरेनहाइट वा सोभन्दा बढी) देखिएका तथा कोभिड–१९ को अन्य लक्षण वा चिह्न भएका व्यक्तिहरुको निःशुल्क पिसिआर गरिने छ।’

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यो बाहेक अन्य व्यक्तिको पिसिआर भने सशुल्क हुने अस्पतालले जनाएको छ। शुक्रराज अस्पतालमा पिसिआरको शुल्क दुई हजार रुपैयाँ तोकिएको छ। निःशुल्क र सशुल्क समेत गरी दैनिक ३ सय जनाको पिसिआर गरिने अस्पतालले जनाएको छ। अस्पतालमा भर्ना भएका कोरोना संक्रमित बिरामीहरुको उपचार निःशुल्क भएको अस्पतालले जनाएको छ। तर भर्ना भएकामध्ये कुनै व्यक्तिले बिमा गरेको भए उसको सबै परीक्षण र उपचार खर्च बिमा रकमबाट व्यहोरिने सूचनामा उल्लेख छ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु