टेस्लाका मालिक एलन मस्क बिल गेट्सलाई हराउँदै बने विश्वका दोस्रो धनी व्यक्ति

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 17
  •  
  •  
  •  
  •  
    17
    Shares

टेस्ला कम्पनीका मालिक एलन मस्कले २०२० मा मात्र आफ्नो सम्पत्तिमा १००।३ अर्ब डलर थपेपछि उनले विश्वको सर्वाधिक धनी व्यक्तिहरुमा, माइक्रोसफ्टका बिल गेट्सलाई हराएका छन् । ४९ वर्षीय मस्कको सम्पत्ति, टेस्लाको सेयरमा भएको ठूलो वृद्धिपश्चात् ७।२। अर्ब डलरबाट बढेर १२७.९ अर्ब डलर पुगेको हो । सोमबारको दिनमा मात्र मस्कको सम्पत्तिमा ७।२ अर्ब थपिएको थियो । यसरी गत जनवरीमा उनी ब्लुमबर्गको सर्वाधिक धनीको सूचीमा ३५औं स्थानमा थिए भने अहिले अचानक विश्वकै दोस्रो सबैभन्दा धनी व्यक्ति बन्न पुगेका हुन् । उनको सम्पत्तिको ठूलो हिस्सा विद्युतीय कार अटोमेकरबाट प्राप्त भएको हो जसको बजार भाउ टेस्लाको सेयर वृद्धिपछि ५०० अर्ब डलर पुगेको छ । टेस्लाबाहेक उनैले सुरु गरेको अर्को अन्तरिक्ष खोज कम्पनी, ‘स्पेसएक्स’ मा पनि मस्कको उत्तिकै सेयर रहेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

टोयोटा फक्सवागन, जनेरल मोटर्सलगायत प्रतिस्पर्धी कम्पनीहरुभन्दा तुलनात्मक रुपमा थोरै उत्पादन गरे पनि टेस्ला कम्पनी विश्वकै मूल्यवान्मा पर्छ । महामारीका बावजुद कम्पनीमा कारको व्यापार फाइदाजनक रहेको थियो । ब्लुमबर्ग इन्डेक्सको आठ वर्षको इतिहासमा यो दोस्रोपटक बिल गेट्स दोस्रो स्थानबाट तल झरेका हुन् । त्यसअघि उनले धनी व्यक्तिहरुको सूचीमा नम्बर १ स्थान कायम गर्दै आएका थिए तर अमेजोनका जेफ बेजोसले २०१७ मा उनलाई हराएपछि दोस्रोमा रहने गरेका थिए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

गेट्सको कुल सम्पत्ति १२७।७ अर्ब डलर छ जुन वास्तवमा अझै बढी हुने थियो तर उनी लगातार विभिन्न च्यारिटीका कार्यक्रममा सहभागी भइ दान गर्ने गरेका छन् । २००६ देखि हालसम्म उनले २७ अर्ब डलरभन्दा बढी परोपकारी गतिविधिमा दान गरिसकेका छन् । २०२० मा कोरोना महामारीका कारण विश्वव्यापी अर्थतन्त्र प्रभावित भइरहे पनि ठुल्ठूला कम्पनी फाइदै फाइदामा रहँदा धनाढ्य वर्गहरुको सम्पत्ति झन् धेरैले बढेको तथ्याङ्कले देखाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु