श्रावण ६, काठमाडौं । अविरल वर्षाका कारण टोखामा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु भएको छ ।
काठमाडौंको टोखा नगरपालिका-१ टाँसी डाँडामा पहिरो जाँदा दुई जुम्ल्याहा बालबालिकाका मृत्यु भएकोे हो । मंगलबार खाना खाने समयमा आएको पहिरोले पुरिएर स्थानीय ३/३ वर्षका सचिन राना र सन्धा रानाको मृत्यु भएको महानगरीय प्रहरी बृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले जानकारी दिए ।
घटनाको थप विवरण आउन बाँकी छन् ।
टोखामा पहिरोले पुरिएर जुम्ल्याहाको मृत्यु
- सिम्रिक खबर
- • ६ महिना अगाडि