टोटेनहम हस्टपरले वल्भ्ससँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडे

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

अन्तिम चार मिनेट सम्हालिन नसक्दा टोटेनहम हस्टपरले वल्भ्ससँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । वल्भ्सको मैदानमा टोटेनहमले खेलको पहिलो मिनेटमा नै टांगी एनडाम्वेलेको गोलबाट अग्रता लिको थियो । उनले बिन डेभिसको पासमा गोल गरेका थिए । १४औं मिनेटमा एनडोम्वेलेले मार्कललाई बिट गर्दै दिएको क्रसमा सर्जियो रिगुइलोनको फ्रि हेडर पोस्ट नजिकैबाट बाहिरिदा टोटेनहमले अग्रता दोब्बर पार्न सकेन ।२१औं मिनेटमा टोटेनहमले अर्को अवसर खेर फाल्यो । २८औं मिनेटमा घरेलु टोली वल्भ्सले खेललाई बराबरी गर्ने मौका गुमायो । नेल्सन सेमेडोको क्रस पासमा फावियो सिल्भाको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो । ८६औं मिनेटमा रोमेन साइसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले पेड्रो नेटोको पासमा गोल गरेका थिए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

लगत्तै वल्भ्सले अग्रता लिने अवसर गुमाएको थियो । इन्ज्युरी समयको थप गरिएको छैटौ मिनेटमा रुवेन नेभेसको लामो पासमा इरिक डाएरले क्लियर गर्न नसक्दाको बललाई फावियो सिल्भाको प्रहार पोट नजिकैबाट बाहिरिदा वल्भ्स जितबाट वञ्चित बन्यो । यो बराबरीले टोटेनहमले तेस्रो स्थानमा उक्लने अवसर खेर फाल्दा पाँचौ स्थानमा यथावत रह्यो । वल्भ्स २१ अंक जोडेर ११औं स्थानमा रह्यो । टोटेनहमको १५ खेलबाट २६ तथा वल्भ्सको २१ अंक छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु