ट्रम्पले ९० दिनभित्र चिनियाँ एप टिकटकको अमेरिकी व्यवसाय डाइभेष्ट गर्न आदेश

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ एप टिकटकको अमेरिकी व्यवसाय डाइभेष्ट गर्न आदेश दिएका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

शुक्रवार ट्रम्पले एक कार्यकारी आदेश जारी गरेका छन् । यसले टिकटकको मातृ कम्पनी बाइटडान्सलाई ९० दिनभित्र यूएस टिकटकको व्यवसाय बेच्न वा यसलाई मातृ कम्पनीबाट अलग्गै अर्को कम्पनीका रुपमा खडा गर्न बाध्य बनाउनेछ । बाइटडान्सले अमेरिकाको राष्ट्रिय सुरक्षामा खलल पुर्याउने खालको गतिविधि गर्न सक्ने विश्वसनीय प्रमाण भएको आदेशमा ट्रम्पले भनेका छन् ।

यो आदेश कम्पनीको लागि राम्रो खबर हो । यस अघि भने ट्रम्पले ४५ दिनभित्र टिकटकको अमेरिकी व्यवसाय डाइभेष्ट गर्ने सम्झौता नभए यसलाई प्रतिबन्ध लगाउने आदेश जारी गरेका थिए । नयाँ आदेशले टिकटकको लागि सम्भावित सम्झौता गर्न बाइटडान्सलाई थप समय मिलेको छ ।

पछिल्लो आदेशअनुसार बाइटडान्सले अमेरिकी प्रयोगकर्ताका टिकटकको डेटाको सबै प्रतिलिपि नष्ट गर्ने अपेक्षा गरिएको छ । सबै डेटा नष्ट गरेपछि कम्पनीले अमेरिकाको विदेशी लगानी समेत ‘सीएफआईयूएस’लाई यसबारे जानकारी दिनेछ ।

टिकटकले प्रत्यक्ष रुपमा केही प्रयोगकर्ताको म्याक एड्रेश संकलन गरिरहेको भन्दै मंगलवार वाल स्ट्रिट जर्नलले समाचार छापेको थियो । यो खबर सार्वजनिक भएपछि कम्पनीको डेटा संकलन गतिविधिबारे अनुसन्धान थाल्ने सिनेटरहरुले संघीय व्यापार आयोगलाई आग्रह गरेका थिए ।

पछिल्लो समय अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्टले अमेरिका, क्यानडा, अष्ट्रेलिया र न्यूजिल्याण्डमा टिकटकको व्यवसाय किन्न बाइटडान्ससँग वार्ता गरिरहेको छ । यसका लागि माइक्रोसफ्टले १० अर्ब डलरदेखि ३० अर्ब डलर खर्च गर्ने अनुमान गरिएको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु