वर्तमान राष्ट्रपति एवं आगामी कार्यकालका लागि एक उम्मेदवार डोनाल्ड ट्रम्पसम्बद्ध अधिकारीले पेन्सलभेनियामा जारी मत गणनामा धाँधली भएको दाबी गर्दै गणना रोक्न अदालत जाने चेतावनी दिएका छन्। उनीहरूले त्यहाँ निर्वाचन गराउने जिम्मेवार अधिकारीकै आलोचना गरेका छन्। यसअघि त्यहाँका निर्वाचन अधिकारीले चुनाव अत्यन्तै राम्रोसँग सम्पन्न भएको बताएका थिए।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
ट्रम्प समर्थक अधिकारी जस्टिन क्लार्कले डेमोक्रेटिक पार्टीका अधिकारीले पर्यवेक्षकलाई मत गणना स्थलभन्दा २५ फिट पर राखेको आरोप लगाएका छन्। जसले गर्दा द्विपक्षीय नीति अनुसन्धान केन्द्रका निर्देशक म्याथ्यु वेलले बीबीसीसँग पेन्सल्भेनियाको यो विवाद अदालत पुग्ने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन्। उनका अनुसार रिपब्लिकन (ट्रम्पको) पार्टी ले पहिले नै लगेको एक विवादमा सर्वोच्च अदालतले विचार गरिरहेको छ। जसअन्तर्गत चुनावको मिति पछाडिका भोट गणना हुन्छ वा हुँदैन भनेर हेर्नुपर्ने हुन्छ। वेल भन्छन्, ‘मलाई लाग्छ, चुनावका दिन हुलाकबाट पठाइएका मतपत्र शुक्रबारभन्दा पहिले निर्वाचन अधिकारीकहाँ नपुगेका खण्डमा ती रद्द हुनेछन्।’



JUNGLE






from the
city


