दक्षिण एसीयाली मूलुकहरुमध्ये भारतमा सार्वजनिक सेवामा पहुँचका लागि धेरैले व्यक्तिगत सम्पर्क प्रयोग गर्ने गरेको भ्रष्टाचार सम्बन्धि अध्ययन गर्ने संस्था ट्रान्सपरेन्सी ईन्टरनेसनलले जनाएको छ । पछिल्लो सर्वेक्षण अनुसार भारतमा ३९ प्रतिशत सम्म भ्रष्टाचार हुने गरेको देखिएको छ । द ग्लोबल करप्सन बयामिटर का अनुसार अरु देशको तुलनामा भारतमा आफ्नो काम सकाउन ५० प्रतिशतले घुस दिने गरेका छन भने ३२ प्रतिशतले आफ्नो व्यक्तिगत सम्पर्क प्रयोग गर्ने गरेको रिपोर्टले जनाएको छ । पैसा नदिँदा काम छिटो नहुने भएकाले पनी दिनु परेको सर्वेक्षणमा सहभागीहरुले बताएका छन् । रिपोर्टका अनुसार ४६ प्रतिशत भारतीयहरुले सार्वजनिक सेवामा पहँचका लागि आफ्नो चिनजानको सम्पर्क प्रयोग गर्ने गरेको पाईएको छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
काममा ढिलासुस्ती, हाकिमलाई गर्नुपर्ने चाकरी चाप्लुसी, अनावश्यक र अस्पष्ट कार्यशैलीले नागरिकहरुलाई आधारभुत सेवा लिन पनी व्यक्तिगत चिनजान खोज्न तथा घुस दिन तैयार रहनु पर्ने बाध्यता रहेको देखाउछ । भारत घुस लेनदेन र भ्रष्टाचार हुने विश्वका १८० देशमध्ये ८० औ स्थानमा रहेको ट्रान्सपरेन्सी इन्टरनेशनले जनाएको छ । उक्त रिपोर्टले भ्रष्टाचार र घुसखोरीको दैनिक अनुभव डरलाग्दो छ भन्ने कुरालाई प्रमाणित गर्न पाँच जना मध्ये एक जनाले स्वास्थ्य सेवा वा शिक्षा जस्तो मुख्य सरकारी सेवा लिन घुसको साहारा लिने गरेको र सात मध्ये एक जनालाई चुनाबमा भोट हाल्न घुस दिन प्रस्ताव गर्ने गरेको उल्लेख छ । केन्द्रीय र राज्य दुबै सरकारले सार्वजनिक बस्तु तथा सेवाहरुको उपयोग गर्न र प्रशासनिक प्रकृयालाई सुचारु गर्न, नातावाद कृपावाद र घुसखोरी विरुद्ध लड्न रोकथामका उपायहरु कार्यान्वयन गर्न र आवश्यक सेवाहरु छिटो र प्रभावकारी ढंगले सुचारु गर्न प्रयोगकर्तामैत्री अनलाईन प्लेटफर्ममा लैजानु पर्ने प्रतिवेदनले सुझाएको छ ।



JUNGLE






from the
city


