ट्विटरले टिकटक खरिद गर्ने इच्छा व्यक्त

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

लोकप्रिय सोसल मिडिया एप टिकटक खरिद गर्नका लागि एक पछि अर्को अमेरिकी कम्पनीहरुले रुचि देखाएका छन् ।
यसअघि माइक्रोसफ्ट कम्पनीले अमेरिकास्थित टिकटकको व्यवसाय खरिद गर्ने सम्झौता गर्न लागेको खबर आएको थियो । माइक्रोसफ्टले टिकटक खरिद गर्ने उक्त हल्लाको टुंगो नलाग्दै अर्को अमेरिकी कम्पनी ट्विटरले टिकटक खरिद गर्ने इच्छा व्यक्त गरेको छ ।
अमेरिकामा टिकटकको कारोबार खरिद गर्ने इच्छा व्यक्त गर्दै ट्विटरले टिकटकको मातृ कम्पनी बाइटडान्ससँग वार्ता अघि बढाएको समाचार सार्वजनिक भएको छ ।
अघिल्लो हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कम्पनीहरुले टिकटकसँगको कारोबार आगामी ४५ दिनभित्रमा बन्द गर्नुपर्ने कार्यकारी आदेश जारी गरेसँगै अमेरिकमा टिकटकको भविष्य अनिश्चित बनेको छ । अब कुनै अमेरिकी कम्पनीले अमेरिकास्थित टिकटकको स्वामित्व खरिद नगरेको खण्डमा अमेरिकामा टिकटक बन्द हुने निश्चित छ ।
त्यहीँ बीचमा टेक जाएन्ट माइक्रोसफ्टले अमेरिकास्थित टिकटकको कारोबार खरिद गर्ने सम्झौता गर्न लागेको खबर आएको थियो । तर माइक्रोसफ्टले टिकटक खरिद गर्ने विषयमा कुनै पनि कुराकानी नभएको ट्विटरले बताएको थियो ।
पछिल्लो पटक ट्विटरले टिकटक खरिदका लागि चिनियाँ कम्पनी बाइटडान्ससँग कुरा अगाडि बताएको भए पनि अमेरिकामा रहेको टिकटकको विशाल कारोबारका कारण ट्विटरले खरिद गर्न सक्ने नसक्ने बारेमा संसय छ । टिकटक खरिदका बारेमा ट्विटरले पनि आधिकारिकरुपमा केही बताएको छैन ।
अमेरिकामा टिकटकको कारोबार ठ्याक्कै कति छ भन्ने विषयमा यकिन नभएता पनि त्यो दशौँ अर्ब डलर भएको बताइन्छ । जबकी ट्विटर कम्पनीको बजार मूल्य जम्मा २९ अर्ब डलर छ ।
टिकटक खरिद गर्न सक्ने आर्थिक हैसियत भएको कम्पनी माइक्रोसफ्टको बजार मूल्यचाहिँ १।६ ट्रिलियन डलर रहेको छ ।
यद्यपि ट्विटरले टिकटक खरिद गर्दा कानुनी झमेला भने कम हुने विश्लेषकहरु बताउँछन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु