ट्वीटरको नयाँ फिचर ‘भोइस ट्वीट’

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

ट्वीटरले एउटा नयाँ भोइस फिचर सार्वजनिक गरेको छ । ट्वीटरमा प्रयोगकर्ताको विचार र भावना व्यक्त गर्नका लागि केहि सीमा तोकिएको छ । अक्षरको सीमा छ । कहिलेकाँही २८० अक्षरको सीमा पुग्दैन तसर्थ टुक्रा–टुक्रा गर्दै आफ्नो भावना व्यक्त गर्नुपर्ने हुन्छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

साथै प्रयोगकर्ताले जे कुरा भन्न खोजिएको हो, त्यो सही शब्दमा वर्णन गर्न नसकिने पनि बताउनले गरेका छन् । अब यी सबै समस्यालाई मध्यनजर गर्दै माइक्रो ब्लगिङ साइट ट्वीटरले एउटा नयाँ फिचर सार्वजनिक गरेको हो । यो फिचर प्रयोग गरेर अब प्रयोगकर्ताले टाइप नगरिकनै आफ्नो सन्देश ट्वीट गर्न सक्छन् । ट्वीटरले भोइस फिचर रोलआउट गरेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

अर्थात्, ट्वीटर प्रयोगकर्ताले आफ्नो आवाज रेकर्ड गरेर ट्वीट गर्न सक्छन् । प्रयोगकर्ता अब टाइप गर्ने झण्झटबाट पनि मुक्त हुनेछन् र आफ्नो विचार र भावना अडियोमार्फत् रेकर्ड गरेर सेयर गर्न सक्छन् ।

के छ विशेषता ?
एक भोइस ट्वीटमा १४० सेकेन्डको अडियो रेकर्ड गर्न सकिन्छ । तपाईंको कुरा समाप्त भएको छैन भने चिन्ता नगर्नुहोस्, थ्रेडको रुपमा एउटा नयाँ भोइस ट्वीट आफैं बन्नेछ । जब भन्नुपर्ने कुरा समाप्त हुन्छ तब रकेर्डिङको बटन थिचेर कम्पोजर स्किनमा गएर यसलाई ट्वीट गर्नुहोस् । मानिसहरुले तपाईंको ट्वीट आफ्नो टाइमलाइनमा ठ्याक्कै त्यसै गरी देख्छन् जुन अन्य ट्वीट देखिन्छ ।

ट्वीटरका अनुसार अहिले भोइस ट्वीट प्रायोगिक रुपमा लञ्च गरिएको छ र केहि आइओएसमा मात्रै उपलब्ध छ । यो हालका लागि सबै प्रयोगकर्ताका लागि लागू गरिएको छैन । यद्यपि, कम्पनीले केहि हप्ताभित्र सबै आइओएस प्रयोगकर्ताले यो फिचर प्रयोग गर्न सक्ने बताएको छ । एन्ड्रोइड फोनमा यो सुविधा कहिले सुरु हुन्छ, यसबारे कम्पनीले केहि जानकारी दिएको छैन ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु