डब्लूएचओका अनुशार कोरोना भाइरस चिनियाँ प्रयोगशालाबाट फैलिएको देखिँदैन

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

अमेरिकी अधिकारीहरुले कोरोना भाइरस चीनको प्रयोगशालाबाट फैलिएको आशंका व्यक्त गर्दै आएका छन्। तर हालै कोरोनाको उद्गमस्थल चीनको हुपेइ प्रान्तको वुहान शहर पुगेका डब्लूएचओका वैज्ञानिकले गरेको अनुसन्धानमा कोरोना प्रयोगशालाबाट फैलिएको देखिँदैन। डब्लूएचओको टोलीको नेतृत्व गर्दै चीन पुगेका डाक्टर पिटर बेन इमबारेकका अनुसार कोरोना वुहानको प्रयोगशालाबाट फैलिएको देखिँदैन, त्यसको सम्भावना अत्यन्तै कम छ। उनले कोरोनाको स्रोत पत्ता लगाउन अझ बृहत अनुसन्धान गरिनुपर्ने बताए। अब वैज्ञानिक अनुसन्धान दक्षिणपूर्वी एसियामा केन्द्रित हुनुपर्ने उनको भनाइ छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

वैज्ञानिकहरुले कोरोना भाइरस जनावरबाट मानिसमा सरेको आशंका गरेका छन्। यसअघि वैज्ञानिकले सालक, चमेराजस्ता जीवको शरीरमा कोरोना देखेपछि यस्तै जीवबाट कोरोना फैलिएको हुनसक्ने बताएका थिए। कोरोनाको पहिलो संक्रमित वुहानमा देखिएपनि वुहानमै कोरोना उत्पत्ति नभएको चिनियाँ वैज्ञानिकहरु बताउँछन्। चीनको स्वास्थ्य आयोगकका वैज्ञानिक लियाङ वाननियानका अनुसार वुहानभन्दा पहिल्यै अन्य क्षेत्रमा कोरोनाको उत्पत्ति भएको हुनसक्छ। फ्रोजन खानामार्फत कोरोना फैलिएको पनि आशंका गरिएको छ। वुहानको माछा बजारदेखि कोरोना व्यापक रुपमा फैलिएको थियो।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

अमेरिकी अधिकारीहरुले चीनले कोरोना भाइरस प्रयोगशालामा बनाएको तथा प्रयोगशालाबाट यस भाइरस विश्वभर फैलिएको आरोप लगाउँदै आएका थिए। यसबीचमा डब्लूएचओले प्रयोगशालाबाट कोरोना फैलिएको नदेखिएको बताएको थियो।अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले कोरोनाको जानकारी लुकाएका कारण यो विश्वव्यापी बनेको आरोप लगाएका थिए। तर चीनले आफूले कोरोनाको खतराबारे सुरुवातमै जानकारी दिएको बताउँदै आएको छ। बीबीसी

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु