डब्लूएचओले ‘अक्सफोर्ड–एस्ट्रेजेनेका’ खोप प्रयोग गर्न अन्तरिम सिफारिस गर्यो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अक्सफोर्ड विश्वविद्यालय तथा एस्ट्रेजेनेकाले विकास गरेको कोभिड–१९ विरुद्धको खोप प्रयोग गर्न सिफारिस गरेको छ । विश्व स्वास्थ्य संगठनको खोप लगाउने विज्ञहरुको रणनीतिक सल्लाहकार समूह ९सेज० ले समेत अन्तरिम सिफारिस गर्दै सबै उमेरका वयस्कहरुलाई खोप दिन सकिने बताएको हो । सेजले गरेको अन्तरिम सिफारिसमा यो खोपले ६३ प्रतिशत काम गर्ने बताइएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

संगठनले नयाँ भेरिएन्ट देखिएका देशहरुमा पनि यो खोपको प्रयोग गर्न मिल्ने बताएको छ । यस्तै, पहिलो खोप लगाएको ८ देखि १२ हप्तामा अर्को खोप लगाउन उचित हुने सुझाव समेत विश्व स्वास्थ्य संगठनको छ । अक्सफोर्डले विकास गरेको खोप अन्य खोपभन्दा निकै सस्तो र भण्डारण गर्न सहज भएकाले विश्वभर कै लागि सबैभन्दा बढी उपयुक्त हुने विश्वास गरिएको छ । तर, कोरोनाभाइरसका नयाँ भेरिएन्टहरुमा भने यो उति प्रभावकारी नदेखिएको भन्दै यसको प्रयोग बारे सर्वत्र अन्योल भइरहेको पनि छ । डब्लूएचओकी खोप कार्यक्रम निर्देशक डा। क्याथरिन ओब्राइनले दक्षिण अफ्रिकामा भएको अध्ययनबाट मात्रै निष्कर्ष निकाल्न नसकिने बताउँदै खोपले गम्भिर प्रकारको संक्रमण हुनबाट जोगाउने नै देखिएको बताएकी छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

अक्सफोर्ड भ्याक्सिन ट्रायलका प्रमुख अनुसन्धानकर्मी प्राध्यापक सारा गिल्बर्टले विश्व स्वास्थ्य संगठनबाट खोपको प्रयोगको लागि सिफारिस पाउनु महत्वपूर्ण समाचार भएको बताइन् । उनका अनुसार विश्व स्वास्थ्य संगठनको सिफारिस पछि खोपको प्रयोग व्यापक रुपमा हुनसक्छ र त्यसले महामारी नियन्त्रणलाई सहयोग पुर्याउँछ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु