विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चीनले बनाएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप आम नागरिकमा प्रयोग गर्न अनुमति दिएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार चीनले बनाएको कोरोना विरुद्धको खोपलाई आम नागरिकमा लगाउन डब्लूएचओले अनुमति दिएको हो । चिनियाँ अधिकारीले सीएनएनसँग कुरा गर्दै डब्ल्यूएचओले चीनले तेस्रो चरणको परीक्षण गरिरहेको कोरोना विरुद्धको खोप आम मानिसमा लगाउन अनुमति दिएको पुष्टि गरेका हुन् ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
आफूले बनाएको कोरोना विरुद्धको खोप आम सर्वसाधारणमा लगाउन पाउने अनुमति डब्ल्यूएचओबाट पाएसँगै चीन कोरोना विरुद्धको भ्याक्सिन प्रयोग अनुमति पाउने पहिलो देश बनेको छ। चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका एक अधिकारी झेङ झोङग्वेइले डब्लूएचओबाट खोप लगाउन मिल्ने जानकारी प्राप्त भएको बताएका छन् । कोरोना भाइरस फैलिएपछि चीनले कोरोना विरुद्धको खोप परीक्षणलाई तिब्रता दिएको थियो । अन्य देशलेसमेत खोप बनाएको दाबी गरे पनि डब्ल्यूएचओले चीनले बनाएकै खोपलाई अनुमति दिएको हो ।



JUNGLE






from the
city



चिनियाँ सरकारको स्वामित्व रहेको कम्पनी सिमोफोर्मले उक्त खोप बनाएको हो । उक्त कम्पनीले यसअघि पनि विभिन्न स्थानमा आपतकालीन अवस्थामा खोप प्रयोग गर्ने अनुमति पाएको थियो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाविरुद्ध यसअघि रुसले पनि खोप परीक्षणलाई तिब्रता दिएको छ । रुसले खोपको तयारी अन्तिम चरणमा पुगेको भन्दै डब्लूएचओमा दर्ता गरिसकेको छ । यसअघि नै उसले खोप बनिसकेको दाबी गरे पनि रुसको खोपबारे पश्चिमा विज्ञले आशंका गरेका छन् ।