फेसबुक लगायतका सामाजिक सञ्जाल र अन्य अनलाइन प्लेटफर्ममा राखिएका एक लाखभन्दा बढी महिलाको तस्वीर डिपफेक प्रविधिको प्रयोग गरी नग्न रुपमा सार्वजनिक गरिएको छ । आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी काम गर्ने बेलायती कम्पनी सेन्सिटीले जारी गरेको अध्ययन प्रतिवेदनले महिलाहरुले लगाएको कपडा डिजिटल रुपमा हटाएर म्यासेजिङ एप टेलिग्राममा व्यापक रूपमा शेयर भएको उल्लेख गरेको हो ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
डिपफेक यस्तो प्रविधि हो, जसअन्तर्गत आर्टिफिसियल इन्टेलिजेन्स र डिप लर्निङको प्रयोग गरी सक्कली व्यक्तिको फोटोलाई नयाँ रुपमा बदलिन्छ । विभिन्न च्यालेन्जका रुपमा प्रयोग भएका र अनलाइनमा सार्वजनिक रुपमा उपलब्ध फोटोलाई डिपफेक प्रविधि प्रयोग गरी नग्न बनाउने काम भूमिगत समूहहरूले गरिरहेको बताइएको छ । प्रतिवेदनले केही नाबालिगहरूको तस्वीर समेत सार्वजनिक भएको उल्लेख गरेको छ । सेन्सिटीका प्रमुख कार्यकारी जर्जियो प्याट्रिनीले फोटोलाइ नयाँ तरिकाले बनाउँदै टेलिग्राममा व्यापक रूपमा शेयर भइरहेको भन्दै सोसल मिडियामा पब्लिक फोटो सेयर गर्ने जोकोही यस्तो निशानामा पर्न सक्ने चेतावनी दिएका छन् ।



JUNGLE






from the
city



प्रतिवेदनका अनुसार आर्टिफिसियल इन्टेलिजेन्सबाट सञ्चालित बोट एक टेलिग्राम प्राइभेट मेसेजिङ च्यानलभित्र रहन्छ। प्रयोगकर्ताहरूले बोटमा महिलाको फोटो पठाउन सक्दछन्, र यसले बिना कुनै मूल्य डिजिटल रूपमा केही मिनेटमै उनको लुगा हटाउनेछ । बीबीसीका अनुसार यी धेरै फोटोहरुको परीक्षण गर्दा कुनै पनि फोटो रूपमा यथार्थपरक वा सक्कली भेटिएन । यस्तै प्रकारको एप गत वर्ष बन्द गरिएपनि क्र्याक भर्सनको सफ्टवेयर अझै चलिरहेको बताइएको छ । लुकिछिपी यस्तो काममा संलग्न व्यक्तिहरूले अनलाइनमा सार्वजनिक रूपमा तस्वीर शेयर गर्ने जोकोहीलाई निशाना बनाउने गरेका छन् ।
सेन्सिटीले रिपोर्ट गरेको छ कि जुलाई २०१९ यता १ लाख चार हजार ८५२ जना महिलाको डिपफेक प्रविधिबाट नग्न बनाएर सार्वजनिक भएको छ । टेलिग्रामले भने यसबारे केही प्रतिक्रिया दिएको छैन । टेलिग्राममा यसअघि पनि यस्ता घटना हुने गरेको बताइएको छ । यस वर्षको सुरुवातमा टेलिग्रामलाई आधिकारिक रूपमा रूसमा प्रतिबन्ध लगाइएको थियो।