टिभिएस मोटर कम्पनीले डिसेम्बर २०२० को सेल्स रिपोर्ट जारी गरेको छ। रिपोर्टका अनुसार कम्पनीले डिसेम्बर महिनामा मात्रै २ लाख ७२ हजार ८४ युनिट सवारी साधन बिक्री गर्न सफल भएको छ। गत वर्ष सोही महिनामा २ लाख ३१ हजार ५ सय ७१ युनिट मात्र सेल्स भएको भारतीय संचार माध्यम अमर उजालाले जनाएको छ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
सेल्सको आँकडा हेर्दा २०१९ भन्दा यो डिसेम्बरमा टिभिएसको सेल्स १७.५ प्रतिशतले बढेको छ। कम्पनीले भारतीय बजारमा पनि सेल्स बढाएको छ। २०२० को डिसेम्बरमा भारतीय बजारमा मात्रै १ लाख ७६ हजार ९ सय १२ युनिट सेल्स गरेको छ। गत वर्ष डिसेम्बरमा १ लाख ५७ हजार २ सय ४४ यूनिट मात्र सेल्स भएको थियो। यो गतवर्ष भन्दा १३ प्रतिशतले बढी हो। त्यसैगरी, यो वर्षको डिसेम्बरमा टिभिएसले मोटरसाइकल सेग्मेन्टमा २७ प्रतिशत सेल्स बढाएको अमर उजालाले लेखेको छ।



JUNGLE






from the
city



गत वर्ष ९३ हजार ६ सय ९७ यूनिट मोटरसाइकल बिक्री भएकोमा यो वर्ष १ लाख १९ हजार ५१ यूनिट मोटरसाइकल बिक्री भएको छ। टिभिएस स्कुटरको सेल्समा पनि केही बढेको छ। डिसेम्बर २०१९ मा ७४ हजार ७ सय १६ यूनिट सेल्स भएकोमा यो वर्ष ७७ हजार ७ सय ५ यूनिट बिक्री भएको छ। कम्पनीले बाह्य निर्यात पनि २८ प्रतिशत बढाएको छ। यो डिसेम्बरमा टिभिएसका सवारी साधन ९४ हजार २ सय ६९ वटा निर्यात गरिएको छ। गत वर्ष यही महिनामा ७३ हजार ५ सय १२ युनिट मात्र सेल्स गरेको तथ्याङ्क रिर्पोटमा छ।