बेलायत सरकारले इंग्ल्यान्डमा डिसेम्बर २ सम्म लागू लकडाउन अन्त्य गर्दै क्षेत्रगत प्रतिबन्धहरू लगाउने तयारी गरेको छ । सरकारले डिसेम्बर २ पछि इंग्ल्यान्डमा लगाइएको राष्ट्रिय लकडाउन अन्त्य गरी जोखिम र संक्रमण वृद्धिका आधारमा टियर १, २ र ३ जस्ता क्षेत्रगत प्रतिबन्ध लागू गर्ने तयारी गरेको बेलायती अखबारहरूले जनाएका छन् । बेलायतले क्रिसमसका बेला लकडाउन खुकुलो बनाउने भएको छ । लकडाउन हटे पनि नयाँ प्रतिबन्ध भने थप कडा हुने समाचारमा उल्लेख छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार संसद्मा यसबारे जानकारी दिने बताइएको छ । क्रिसमसका बेला फरक घरका मानिससँग समेत भेटघाट गर्ने वातावरण मिलाउन जोन्सनले नयाँ योजना बनाइरहेका छन् ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
सरकारले क्रिसमस पर्वलाई मध्यनजर गर्दै डिसेम्बर २२ देखि २८ सम्म कयौं घरपरिवारका मानिस भेट्न अनुमति दिने तयारी गरिरहेको डेली टेलिग्राफले जनाएको छ । तर सरकारका मन्त्रीहरूले क्रिसमस विगत जस्तो सामान्य नहुने र केही प्रतिबन्ध भने कायमै रहने बताएका छन् । आफैं अहिले आइसोलेसनमा रहेका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले कोरोना महामारी नियन्त्रणका लागि सरकारको ‘कोभिड विन्टर प्लान’ का सम्बन्धमा आइतबार मन्त्रिपरिषद्मा छलफलपछि संसद् हाउस अफ कमन्समा योजना सार्वजनिक गर्ने तयारी छ । सरकारको उक्त योजनामा कोभिड खोप वितरण, उपचार र परीक्षण दायरा बढाउनेबारे पनि समावेश हुने बताइएको छ ।



JUNGLE






from the
city



कोभिड–१९ को संक्रमण फैलिने क्रम बढेसँगै अक्टोबर १४ देखि नोभेम्बर ५ सम्म टियर सिस्टम लागू गरिएको थियो । तर संक्रमण झन् तीव्र फैलिन थालेपछि सरकारले नोभेम्बर ५ देखि डिसेम्बर २ सम्म इंग्ल्यान्डमा करिब महिना दिन लामो राष्ट्रिय लकडाउन लागू गरेको थियो । यसअघि सरकारले मार्च अन्तिम सातादेखि देशव्यापी पहिलो लकडाउन झन्डै तीन महिनासम्म लागू गरेको थियो । राष्ट्रिय लकडाउनअघि सरकारले मध्यम जोखिम रहेको क्षेत्रमा टियर वान लागू गरेको थियो । जसमा बाहिर वा घरभित्र ६ जनासम्म भेट्न पाइने (रुल अफ ६) र पब, रेस्टुरेन्ट १० बजे राति बन्द गर्नुपर्ने थियो ।
टियर २ प्रणाली उच्च जोखिम क्षेत्रमा लगाइएको थियो, जसमा घरभित्र भेट्न प्रतिबन्ध, बाहिर ६ जनासम्म भेट्न पाइने र पब, रेस्टुरेन्ट १० बजे राति बन्द गर्नुपर्ने नियम थियो । त्यसैगरी संक्रमण दर र जोखिम उच्च रहेको क्षेत्रमा टियर थ्री सिस्टम लागू गरिएको थियो, जहाँ एउटा घरका मानिसले अर्को घरका मानिसलाई घर बाहिर वा भित्र भेट्न पाउने थिएनन् भने पब, रेस्टुरेन्टलाई खाना सर्भ गर्न प्रतिबन्ध थियो । संयुक्त अधिराज्य बेलायतका चार राज्यमा फरकफरक कोभिड नियम रहे पनि चाडपर्वका बेला समान नियम बनाउने सहमतिमा जुटिरहेको बताइएको छ ।