डेब्यु खेलमै बायर्नले पाँचौ श्रेणीको डुरेनमाथि ३–० को सानदार जित हात

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 7
  •  
  •  
  •  
  •  
    7
    Shares

डेब्यु खेलमै इरिक म्याक्सिम चुपो मोटिङले दुई गोल र अर्को गोलमा पनि सहभागी भएपछि बायर्न म्युनिखले डिएफबी पोकलको पहिलो राउन्डमा सहज जित हात पारेको छ । एलिएन्ज एरिनामा बिहीबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन समेत रहेको बायर्नले पाँचौ श्रेणीको डुरेनमाथि ३–० को सानदार जित हात पारेको हो । अर्को एक गोल थोमस मुलरले गरेका थिए । ३१ वर्षीय क्यामरुनी फरवार्ड यसै समरमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन ९पीएसजी० बाट बायर्न फ्रि एजेन्टमार्फत आएका थिए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

अन्तर्राष्ट्रिय विश्रामका कारण बायर्नका प्रशिक्षक हान्सी फ्लिकले टोलीमा ब्यापक परिवर्तन गरेर खेलाउनु परेको थियो । तर पाँचौ श्रेणीको टोलीविरुद्ध बायर्नको दोस्रो रोजाईका टोलीले जित निकाल्न खासै संघर्ष गर्नुपरेन । खेलको दोस्रो मिनेटमा नै डुरेनले गोलको सुन्दर अवसर खेर फालेको थियो । पाँचौ मिनेटमा बायर्नका डगलस कोस्टाको फ्रिकिकमा जेभियर मार्टिनेजको हेडर पोस्टबाट थोरै बाहिरिएको थियो । १८औं मिनेटमा मोटिङले गोलको सुवर्ण अवसर खेर पाल्दा बायर्न अग्रता लिनबाट चुकेको थियो । २४औं मिनेटमा बोउन सारको पासमा मोटिङले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । ३३औं मिनेटमा बेकरको भली प्रहार क्रसबारमा लागेर बाहिरिदा डुरेन बराबरीबाट चुकेको थियो । ३६औं मिनेटमा थोमस मुलरले पेनाल्टीमार्फत गोल गर्दै बायर्नको अग्रता दोब्बर बनायो । पेनाल्टी बक्समा मोटिङलाई सोविचले फल गरेपछि रेफ्रीले बायर्नलाई पेनाल्टी दिएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा डगलस कोस्टाको प्रहारलाई डुरेनका गोलरक्षक ज्याकमुथले उत्कृष्ट बचाउ गरे । ६३औं मिनेटमा मोटिङको प्रहारमा गोलरक्षक नै बाधक बने ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

७५औं मिनेटमा मोटिङले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि बायर्न खेलमा ३–० ले अघि बढ्यो । ८६औं मिनेटमा मार्टिनेजको प्रहार पोस्टमा लागेर फर्कियो । पाँचौ श्रेणीको क्लबविरुद्ध ७२ प्रशिशत बल पोजेसन राखेको बायर्नले बारम्बार डुरेनको पोस्टमा धावा बोल्दा गोलरक्षक ज्याकमुथ निकै व्यस्त बनेका थिए । डुरेनविरुद्ध बायर्नले थोमस मुलर, मोटिङ, डगलस कोस्टा, जमल मुसिएला, मार्क रोका, जेभियर मार्टिनेज, अलफन्सो डाभिस, जेरोमी बोएटिङ, निकलस सुल, बोउन सार र गोलरक्षक एलेक्सान्डर नुवेललाई उतारेको थियो । अन्तर्राष्ट्रिय ब्रेकपछि शीर्ष खेलाडीहरु क्लब फर्कने क्रममा रहेको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु