स्टानफोर्ड युनिभर्सिटीका अध्यताहरुले गएको जुनदेखि सेप्टेम्बर महीनासम्म भएका राष्ट्रपति डोनाल्ड ट्रम्पका १८ वटा चुनावी सभा तथा -यालीमा सहभागी कम्तीमा ३० हजार नागरिक कोरोनाभाइरस संक्रमित भएको अनुमान गरेका छन्। उक्त -यालीमा सहभागी करीब ७०० जनाको कोरोनाकै कारण मृत्यु भएको पनि उनीहरुको अनुमान छ। यसअघि डेमोक्र्याट र जनस्वास्थ्य अधिकारीहरुले राष्ट्रपति ट्रम्पले राजनीतिक फाइदाका लागि मतदातालाई जोखिममा पारेको आरोप लगाएका थिए। तर, स्टानफोर्डले गरेको अध्ययन निश्चित -यालीमा भाग लिएकाहरुको व्यक्तिगत अध्ययनमा आधारित नभएको बताइएको छ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
यो अध्ययन स्टानफोर्डको अर्थशास्त्र विभाग प्रमुख प्राध्यापक बी डोग्लास बेन्र्हेइमको नेतृत्वमा गरिएको तुलनात्मक विश्लेषणमा आधारित छ। उनीहरुले ट्रम्पले -याली गरेका १८ वटा काउन्टीसँग उस्तै जनसंख्या भएका अन्य २०० काउन्टीका त्यही मितिमा संक्रमित संख्याको तुलना गरेका थिए। अध्ययन २० जुनदेखि १२ सेप्टेम्बरसम्ममा भएको थियो। त्यसयता पनि ट्रमपले अरु तीन दर्जन -याली गरिसकेका छन्। ती -यालीले प्रत्येक एक लाख नागरिकमध्ये २५० जनामा संक्रमित गराएको अनुमान गरिएको छ। यो तथ्याङ्क अनुसार १८ वटा -यालीमा सहभागीमध्ये कम्तीमा ३० हजार संक्रमित भएका छन्। त्यस्तै ७०० भन्दा बढीको मृत्यु भएको छ। ह्वाइट हाउसका प्रवक्ता जुड डीरले भने यो अध्ययनलाई ‘राजनीतिक चाल भन्दै गलत मानकमा आधारित भएको बताएका छन्। अमेरिकामा अगामी मंगलबार राष्ट्रपतिको निर्वाचन हुँदैछ। त्यहाँ रेपब्लिकन पार्टीबाट ट्रम्प दोस्रो कार्यकालका लागि र डेमोक्र्याटिक पार्टीबाट पूर्व उपराष्ट्रपति जो बाइडन प्रतिश्पर्धामा छन्।