ढकाल समूह उद्योग वाणिज्य महासंघको निर्वाचन सारेकमा असन्तुष्ट

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 13
  •  
  •  
  •  
  •  
    13
    Shares

श्रावण ९, काठमाडौं । बिहीबार बसेको नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी बैठकले आगामी २६ र २७ गतेका लागि तोकिएको निर्वाचन तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको थियो ।
महासंघको निर्वाचन सारिएको भन्दै वरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्र ढकाल समूहका उद्योगी–व्यवसायीहरुले असन्तुष्टि जनाएका छन् । वरिष्ठ उपाध्यक्ष पदका अर्का उम्मेद्वार किशोर प्रधान पक्षका उम्मेद्वारहरुले पराजय हुने डरले निर्वाचन सारेको ढकाल पक्षको आरोप छ ।
प्रधान पक्षका उद्योगी–व्यवसायीहरुले भने कोरोना त्रास बाँकी रहेका कारण निर्वाचनको समय सार्नु परेको प्रतिक्रिया दिएका छन् । चुनाव सार्ने निर्णय कार्यसमिति बैठकले गर्नु पर्नेमा पदाधिकारी बैठकले गरिनु गलत भएको ढकाल समूहका एक नेताले बताए ।
पदाधिकारी बैठकले गलत निर्णय गरेको भन्दै उक्त समूहले आज ९शुक्रबार० पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्ने भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु