हामिले खाने केही खानेकुराहरुमा माईक्रोन्यूट्रिएन्ट तत्व पाईन्छ, जसले दिमागमा हुने वेचैनी र तनाव नियन्त्रण गर्न ठूलो भूमिका खेल्दछ । तपाईले याद गर्नुभएको छ, हामिले कुनै खानेकुरा खाँदा हामि एकदमै उत्साहि हुन्छौं र मन खुशी हुन्छ । दिमागमा भएका नकरात्मक कुराहरु सबै हराएर जान्छन् ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
खानाको सम्बन्ध सिधा दिमाग संग हुन्छन् । केही कम्पनी साथै मानिसहरु खुशी वाँड्न र अरुलाई आँफुप्रति सकरात्मक राख्न पार्टीहरुको आयोजना गर्छन् । यो कुरा साईकोलोजि र बिज्ञान सम्मत छ ।



JUNGLE






from the
city



खानामा पाईने प्रोटीन, भिटामिन, क्याल्सीयम, ओमेगा ३ जस्ता न्युट्रिएन्सहरुले हाम्रो शरिरलाई तन्दुरुस्त राख्दछन् भने मुडलाई पनि फ्रेस । तपाईको दिमागलाई मुख्य रुपमा फ्रेस राख्ने तत्व जिंक हो ।
जिंक
जिंक एउटा यस्तो प्रमुख माइक्रोन्युट्रिएन्ट हो, जसले दिमागलाई एकदमै तेज र स्फुर्त राख्दछ । साथै सबै प्रकारको दिमागि तनाब कम गर्छ । खाद्य बैज्ञानिकहरुका अनुसार जिंकले हाम्रो मस्तिष्कमा डिप्रेसन हटाउने औषधीको रुपमा काम गर्छ ।
यसले दिमागमा विडिएनएफ (ब्रेन डिराईभ्ड न्यूरोट्रफी फेक्टर ) नामक प्रोटीनको मात्रालाई संतुलीत रख्दछ । अर्थात सुक्ष्म रुपमा दिमागलाई तन्दुरुस्त राख्ने कारक तत्व । यसले मानिसको सोंच्ने र सम्झने प्रकृयालाई सजिलो बनाईदिन्छ ।
बैज्ञानिहरुका अनुसार हाम्रो शरिरको आन्तरिक संरचनामा यसलाई संग्रह गरेर राख्ने क्षमता हुँदैन । त्यसकारण पनि जिंक भएका खानेकुरा दैनिक सेवन गर्नुपर्छ । हामिलाई प्रतिदिन कम्तीमा पनि ८ देखि ११ मिलिग्राम जिंक तत्वको आवश्यकता पर्दछ ।
जिंक पाउन दैनिक यि कुराहरु नछुटाउनु
बदाम, भाङको दाना, काजु, पालुंगोको साग, सिताफल, च्याउ, ताजा माछा, चकलेट, चिज, तोफु, केरा ।