तपाईंहरुलाई थाहा नहुन सक्छ ह्वाट्सएपका यि ७ ट्रिक्स

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । लोकप्रिय म्यासेजिङ एप ह्वाट्सएपको विश्वभर धेरै प्रयोगकर्ताहरु छन् । ह्वाट्सएपमा यस्ता धेरै नयाँ फिचरहरु छन्, जसलाई प्रयोग गर्न जान्नुभयो भने तपाईंले नयाँ अनुभव पाउनुहुनेछ । आज हामी तपाईंलाई ती सात कुरा बताउने छौं, जुन ह्वाट्सएपबारे तपाईंलाई थाहा नहुन सक्छ ।
१. इयरफोनबिना ह्वाट्सएप म्यासेज सुन्न सक्नुहुन्छ
जब ह्वाट्सएपमा तपाईंलाई कसैले अडियो फाइल पठाउँछ भने इयरफोन नखोज्नुहोस् । यसलाई तपाईंले बिना इयरफोन गोप्य रुपमा अडियो सुन्न सक्नुहुन्छ । म्यासेजको प्ले बटन थिचेर फोनलाई कान छेउमा लगेर सुन्नुहोस् । जब तपाईंले यसो गर्नुहुन्छ, तब त्यो अडियो फाइल स्पिकरबाट होइन फोनको ‘इयरपिस’बाट प्ले हुन्छ । यसलाई ह्वाट्सएपको ‘वाक्की टक्की’ फिचर भनिन्छ ।
२. ह्वाट्सएपमा वास्तविक फोन नम्बर लुकाउन भर्चुअल नम्बर प्रयोग गर्नु सक्नुहुन्छ
भर्चुअल नम्बरहरु निस्शुल्क उपलब्ध हुन्छन्, जसबाट तपाईंले एकपटक ह्वाट्सएपमा साइनअप गर्न सक्नुहुन्छ । तपाईंले कुनै नियमित नम्बर जस्तै गरी यस्ता भर्चुअल नम्बरबाट ह्वाट्सएप प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि तपाईंले टेक्स्ट नाउ नामको एप प्रयोग गर्नसक्नुहुन्छ । यो एपलाई आफ्नो फोनमा डाउनलोड गरी एउटा फ्री अकाउन्ट बनाउनुहोस् । यसमा लगइन गरिसकेपछि अमेरिका र क्यानडा आधारित पाँचवटा निस्शुल्क फोन नम्बर तपाईंले पाउन सक्नुहुन्छ । यिनै भर्चुअल नम्बरबाट अकाउन्ट सेटअप गरेर च्याट गर्न थाल्नुहोस् ।
३. ल्याण्डलाइन नम्बर प्रयोग गरेर पनि ह्वाट्सएपमा दर्ता गर्न सक्नुहुन्छ
ह्वाट्सएपमा दर्ता गर्नलाई तपाईंले ल्याण्डलाइन नम्बर प्रयोग गर्नसक्नुहुन्छ । तर नियमित ह्वाट्सएफको लागि भने यो गर्न सक्नुहुने छैन । यसका लागि तपाईंले ह्वाट्सएप विजनेस एप डाउनलोड गर्नु पर्नेछ । जब यो इन्स्टल हुन्छ, तब यसले ओटीपी आधारित दर्ताका लागि तपाईसँग फोन नम्बर माग्छ । अब आफ्नो ल्याण्डलाइन कोड नम्बर सहित फोन नम्बर टाइप गर्नुहोस् । यस्तोमा अगाडि कुनै शुन्य अङ्क भने त्यसलाई हटाइदिनुहोस् । यो नम्बर इन्टर गरिसकेपछि अब विजनेस एपले ओटीपी कोड पठाउँछ । यो ल्याण्डलाइन नम्बर भएकोले तपाईंले कुनै पनि एसएमएस पाउनुहुने छैन । ओटीपी टाइम एक्सपायर हुन कुर्नुहोस् र ओटीपी भेरिफिकेसनका लागि ‘कल मी’ सेलेक्ट गर्नुहोस् ।
४. ब्ल्युटिक बिना ह्वाट्सएप म्यासेज पढ्नुहोस्
जब तपाईले कुनै ह्वाट्सएप म्यासेज पाउनुहुनेछ तब नोटिफिकेसनलाई स्वाइप नगरी डिभाइसलाई अनलक गर्नुहोस् । यसो गर्दा तपाईंले पुरै म्यासेज एप नखोली पढ्न सक्नुहुन्छ । अनि तपाईंको म्यासेजमा निलो टिक पनि देखिन्न ।
५. ह्वाट्सएपमा तपाईंलाई कसैले ब्लक गरेको थाहा पाउनुहोस्
यदि तपाईंलाई कसैले ब्लक गरेको छ र तपाईं त्यस व्यक्तिलाई म्यासेज पठाउँदै हुनुहुन्छ भने एउटा मात्र चेक मार्क देख्नुहुनेछ । जब त्यो चेक मार्क दुईटा बन्छ, तब तपाईंको तर्फबाट मात्र म्यासेज डेलिभर भएको बुझिन्छ ।
६. कुनै अकाउन्ट फेक भए यसरी पत्ता लगाउनुहोस्
फर्जी नम्बरबाट जोकसैले पनि सजिलै ह्वाट्सएप अकाउन्ट बनाउन सक्छन् । जब तपाईंले कुनै नम्बरबाट म्यासेज पाउनुहुन्छ भने त्यसको प्रोफाइलमा गएर फोन नम्बर चेक गर्नुहोस् । त्यो कस्तो नम्बरबाट सुरु भएको हेर्नुहोस् । फर्जी नम्बरहरु अधिकांश ंज्ञ बाट सुरु हुन्छन् । विभिन्न देशका फर्जी नम्बर प्रयोग गरेर पनि मानिसहरुले तपाईंले म्यासेज गर्नसक्छन् ।
७. कसैले तपाईंको ह्वाट्सएप म्यासेज पढ्दैछन् कि याद गर्नुहोस्
ह्वाट्सएप वेबको मद्दतबाट जोकसैले पनि तपाईंको जानकारीबिना नै अकाउन्ट लगइन गरिरहेका हुन सक्छन् । यसकारण सधै अण्डर सेटिङ चेक गर्नुहोस्, ताकि यसको जानकारी तपाईंलाई मिल्न सकोस् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु