तमोर नदीमा आएको बाढीले ओलाङचुङगोलामा दुईवटा पुल बगायो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 28
  •  
  •  
  •  
  •  
    28
    Shares

तमोर नदीमा आएको बाढीले फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा दुईवटा पुल बगाएको छ ।
वडाध्यक्ष छेतेन शेर्पा भोटेका अनुसार बस्तीबाट दाङजेन जाने पक्की पुल र अर्को काठे पुल बगाएको हो । उक्त पक्की पुल गत वर्ष मात्रै १२ लाख रुपैयाँमा बनाइएको थियो । मिक्वाखोला–५ पापुङ जाने काठको पुल भने दुई वर्षअघि २ लाख रुपैयाँमा बनाइएको वडा कार्यालयका कर्मचारी तेन्जिङ वालुङले बताए ।
उनका अनुसार बाढीले चिनियाँ ठेकेदारले ओलाङचुङगोलामा छाडेको एउटा गाडी पनि बगाएको छ । ‘बस्तीको उत्तरपट्टि राखिएको थियो, नदी भित्तासम्मै आएर बगायो,’ वालुङले मेसेन्जरमा भने, ‘गाडी कामै नदिने अवस्थामा पुगेको छ ।’
टिप्ताला भन्ज्याङदेखि सदरमुकाम फुङलिङसम्म सडक निर्माणका क्रममा चिनियाँ ठेकेदारले उक्त गाडीमा एक्स्काभेटरलगायत सामग्री ल्याएका थिए । तर सडक अवरुद्ध भएपछि गाडी त्यहीँ छाडेर गएका थिए ।
तमोरको उद्गमस्थलमा पोखरी फुटेर बाढी आएको अनुमान गरिएको वडाध्यक्ष शेर्पाले बताए । उनका अनुसार पानी पर्ने क्रम नरोकिएको र बाढी पनि नघटेकाले स्थानीय बाहिर निस्किएका छैनन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु