ताप्लेजुङको दोभान बजार आगलागीमा कम्तिमा ५५ घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। घटनास्थलमै रहेकी ताप्लेजुङकी सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले दिएको जानकारी अनुसार अहिलेसम्म ५५ घर नष्ट भएको तथ्यांक आएको छ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
‘अहिलेसम्म ५५ वटा घर पूरै जलेको डाटा आएको छ’, उनले भनिन्,‘यो संख्या थोरै तलमाथि हुनसक्छ।’ उनका अनुसार बजार क्षेत्र भएका कारण कपडा पसल, कृषि सामग्रीका पसल, किराना पसलहरू तथा भण्डारण गरिएका अलैंची जस्ता कृषि उत्पादन जलेर नष्ट भएका छन्।आगो पूरै नियन्त्रणमा आइनसके पनि थप फैलिन चाहिँ रोकिएको सहायक प्रजिअले जानकारी दिइन्। ‘आगो पूरै नियन्त्रणमा आउन अझै केही समय लाग्छ’, उनले भनिन् ‘अहिले एउटा दमकलले निभाइरहेको छ। अर्को दमकल आइपुगेकै छैन।’



JUNGLE






from the
city



ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ स्थित दोभान बजारमा आज बिहान सवा नौ बजेदेखि आगलागी सुरू भएको थियो।