श्रावण ४, काठमाडौं । नेप्से परिसुचक ६ प्रतिशतले बढेपछि आइतवारको लागि शेयर कारोबार बन्द भएको छ ।
तिन पटकसम्म सर्किट ब्रेक लागेपछि आजको लागि शेयर बजार बन्द भएको हो । पहिलो सर्किट ब्रेक कारोबार भएको ५ मिनेटमा, त्यपछिको ११ः२७ मा लागेको थियो । त्यसपछि ४० मिनेटको पछि खुलेको बजार एक मिनेटमै तेस्रो सर्किट ब्रेक लागेपछि कारोबार नै बन्द भएको हो ।
१११ ओटा कम्पनीको १ लाख ८० हजार ५९६ कित्ता शेयरको रू।६ करोड २५ लाख बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका १० समूह मध्ये म्युचुअल फण्डको परिसुचक घटेको छ भने बाँकी सबै समूहको परिसुचक बढेपछि नेप्से बढेको हो ।
तिन पटकसम्म सर्किट ब्रेक लागेपछि आजको लागि शेयर बजार बन्द
- सिम्रिक खबर
- • ६ महिना अगाडि