काठमाण्डौ
मनसुनको न्यून चापीय रेखा पुनः नेपालतर्फ नजिकिँदै गरेकाले वर्षाको सम्भावना बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज रातिदेखि भारी वर्षा हुनेछ । महाशाखाका मौसमविद् शान्ति कँडेलले गत २० घण्टामा उपत्यकामा २९ मिलिमिटर वर्षा भएको जानकारी दिइन् । कँडेलका अनुसार यो भनेको मध्यम वर्षा हो ।



JUNGLE






from the
city



५० मिलिमिटर कटेपछि भारी वर्षा मानिन्छ । महाशाखाले जारी गरेको विशेष मौसम बुलेटिनमा आज रातिबाट मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक सर्ने सम्भावना देखिएकाले २÷३ दिन नेपालमा मनसुन सक्रिय भई देशका धेरैजसो स्थानमा वर्षा हुनेछ ।
देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षासमेत हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले अनुरोध गरेका छन् । मौसमविद्हरूका अनुसार मनसुनको न्यून चापीय रेखा जति नजिक हुन्छ, उति वर्षा बढ्छ ।
अहिले भने यो रेखा नेपालभन्दा दक्षिणतर्फ नै छ । तर यो बिस्तारै नेपालतर्फ नजिक हुँदैछ, त्यसैले वर्षाको मात्रा बढ्दैछ । आज राति भने रेखा नेपालको नजिकै आइपुग्ने सम्भावना देखिएको छ ।