काठमाण्डौ । सरकारले जग्गाको कित्ताकाट खुलाएको छ । यसअघि कृषियोग्य भूमीको कित्ताकाट रोक्ने निर्णय खारेज गर्दै सरकारले खेतीपाती हुने भनिएका बाहेकका जग्गाको कित्ताकाट खुला गरेको हो । २०७४ सालमा तत्कालिन भूमि व्यवस्था मन्त्री गोपाल दहितले देशभरी कृषियोग्य भूमि खण्डीकरण हुन नदिन भन्दै जग्गा कित्ताकाट रोक्ने निर्णय गरेका थिए । दहितले बन्द गराएको कित्ताकाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले फुकुवा गरेकी हुन ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
भूमि व्यवस्थापन मन्त्रालयले भू–उपयोग ऐन २०७६ र प्रचलित कानून अनुसार गर्ने गराउने भनेर विगतमा भएका सबै निर्णय खारेज गरेको हो । उक्त ऐन अनुसार जग्गाको वर्गीकरण गरिएको नक्सा तयार पारिएकाले नक्सामा कृषि योग्य भनिएको जग्गा भने कित्ताकाट गर्न पाइने छैन ।
‘जग्गाको खण्डिकरण सम्बन्धी विषय पेश हुँदा कृषियोग्य जग्गाको खण्डीकरण सम्बन्धी भएका पूर्ण निर्णयहरू बदर गरिएको छ’ मन्त्रालयको निर्णयमा भनिएको छ । मन्त्रालयले भूमी व्यवस्था तथा अभिलेख विभाग र नापी विभाग लगायतमा यो निर्णय परिपत्र गरिसकेको छ ।



JUNGLE






from the
city


