तीव्र गतिमा फैलिन सक्ने नयाँ प्रकार कोरोना भाइरसको अमेरिकामा पनि पुष्टि

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

तीव्र गतिमा फैलिन सक्ने भनिएको कोरोना भाइरसको नयाँ प्रकार अमेरिकामा पनि पुष्टि भएको छ । बेलायतमा पहिलोपटक भेटिएको भनिएको भाइरसको नयाँ प्रकार अमेरिकाको कोलराडो राज्यमा फेला परेको पुष्टि भएको हो । बिरामी परेका २० वर्षका एक युवा अहिले आइसोलेशनमा रहेका छन् । गएको हप्ता मात्रै अमेरिकी स्वास्थ्य अधिकारीहरूले यो नयाँ भाइरस भेरियन्ट अमेरिकामा आइसकेको हुनसक्ने शंका गरेका थियो । नयाँ प्रकारको कोरोना भाइरस भारत, क्यानडा, जापान, स्पेन, स्वीडेन, फ्रान्स, बेलायतलगायत धेरै देशहरुमा पुष्टि भइसकेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यो नयाँ प्रकारको कोरोना भाइरस पुरानोभन्दा धेरै सङ्क्रामक रहेको ठानिए पनि थप घातक भने नभएको विज्ञहरूले बताउने गरेका छन् । यसैबीच, नयाँ किसिमको भाइरसबाट हुने समस्या पुरानोको तुलनामा गम्भीर नरहेको बेलायतका वैज्ञानिकहरुले दाबी गरेका छन् । नयाँ किसिमको भाइरस एकदमै छिटो फैलिने भए पनि त्यसमा पुरानो भाइरसमा भएजस्तै गुणहरू भएको पब्लिक हेल्थ इङ्ल्याण्डले गरेको अनुसन्धानले देखाएको छ । नयाँ प्रकारको कोरोना संक्रमण भएका १ हजार ७ सय मानिसमा अध्ययन गर्दा नयाँ प्रकारको कोरोना भाइरसले पुरानोको जत्तिनै असर गर्ने देखिएको नयाँ प्रकारका भाइरसको अनुसन्धानमा खटिएका वैज्ञानिकहरूले बताएका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

अहिले, विकसित गरिएका खोपहरु नयाँ प्रकारको भाइरस विरुद्ध पनि प्रभावकारी हुने अनुसन्धानकर्ताहरुले जनाएका छन् । बेलायतमा पहिलो पटक देखिएको नयाँ भाइरस अन्य देशमा पनि देखिन थालेपछि विभिन्न देशले उच्च सतर्कता र लकडाउनसमेत गरेका छन् ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु